गर्भवती महिलामा जोखिम बढाउँछ इन्फलामेट्रि बाउल डिजिज


युनिभर्सिटी अफ मिसूरी कोलम्बिया मा गरिएको एउटा अनुसन्धान को दाबी अनुसार इन्फलामेट्रि बाउल डिजिज(आइबीडी) अर्थात आन्द्रा, पाचन पथ सुन्निने रोगले ग्रसित गर्भवती महिला र उनीहरूको शिशुमा बढी जोखिम र जटिलताको आशंका रहन्छ ।

यो अध्ययन २०१६–२०१८ को समय करिब लाख गर्भवती महिलामा गरिएको थियो । नयाँ अनुसन्धानबाट देखिए अनुसार सामान्य गर्भवती महिलाको दाँजोमा उनिहरुलाइ जेस्टेसनल डाइविटिज(गर्भावस्थामा मधुमेह), पोस्टपार्टम हेमरेज( प्रसवोक्तर रत्तश्राव), हाइपरटेन्सिभ (उच्च रक्तचाप) समस्या, प्रीटर्म डिलिभरी(समय पुर्व सुत्केरी), भ्रूण विकासमा बाधा जस्तो जटिलता देखिएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!