छिटो मेटाबोलिजम अल्जाइमरको संकेत हुन सक्छ


स्विडेनको कारोलिन्स्का इन्स्टिच्युटका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनका अनुसार मेटाबोलिजम तीव्र हुनु ती व्यक्तिमा बुढेसकालमा अल्जाइमरको बढ्दो जोखिम को संकेत पनि हुन सक्छ । यस अध्ययनको प्रतिवेदन मोलिक्युलर साइकियाट्री जर्नलमा प्रकाशित भएको छ ।

यो जानकारी अल्जाइमरको छिटो उपचारको मा सहयोगी हुन सक्छ । अल्जाइमर एक धेरै सामान्य स्मरणशक्ति सँग सम्बन्धित रोग हो र यसले विश्व भरका वृद्धहरूलाई द्रुत गतिमा असर गरिरहेको छ ।

यो रोगको लक्षण स्पष्ट देखिनु भन्दा २० वर्ष पहिले विकास हुन सुरु हुन्छ । यस्तो अवस्थामा यस अनुसन्धानबाट प्राप्त जानकारीले समयमै अल्जाइमरको उपचार सुरु गर्न सहयोगी साबित हुनेछ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!