सामान्य खाना एलर्जी ले हृदय रोगको जोखिम बढाउँछ


वासिङ्गटन –धेरै मानिसहरू निश्चित प्रकारका खाने कुराहरू प्रति संवेदनशील हुन्छन् । तिनी हरू यी पदार्थहरू पचाउन सक्दैनन् वा एलर्जी हुन सक्छन् । अहिले सम्म यस्ता समस्या पाचन वा एलर्जीमा मात्र सीमित थिए तर हालै गरिएको एक अनुसन्धानले सामान्य खानाको एलर्जीको समस्या मुटुका लागि पनि घातक साबित हुने चेतावनी दिएको छ । अमेरिकाको भर्जिनिया विश्वविद्यालयको यो अनुसन्धान जर्नल अफ एलर्जी एण्ड क्लिनिकल इम्युनोलोजीमा प्रकाशित भएको छ ।

अनुसन्धान कर्ताहरूले लामो समय सम्म ५ हजार ३ सय ७४ व्यक्तिको अनुगमन गरे र धूम्रपान र मधुमेहको तुलनामा सामान्य खानाको एलर्जीबाट मुटु सम्बन्धी रोगको जोखिम बढी हुने पत्ता लगाए ।

अनुसन्धानका अनुसार गाईको दूध वा अन्य खानेकुरा पचाउन नसक्ने व्यक्तिमा मुटु सम्बन्धी रोगको जोखिम बढ्छ । कतिपयलाई केही खानेकुरा खाएपछि पेट दुख्ने, पेट फुल्ने, ग्याँस लाग्ने, पखाला लाग्ने, कब्जियत वा वान्ता हुने जस्ता समस्या हुन थाल्छ । यसलाई खाना प्रति संवेदनशीलता (फुड सेन्सिभिटी ) वा खाना असहिष्णुता (फुड इन्टलरेन्स) भनिन्छ ।

सामान्य खाना एलर्जीमा प्रतिरक्षा प्रणाली प्रतिक्रिया गर्दछ । जसका कारण छालामा सुन्निने वा छाला मा दाग जस्ता लक्षण देखिन्छन् ।

आइजीइ एन्टि–बडी निर्माण हुनु खतरनाक 

अनुसन्धानमा एन्टि–बडीहरू अध्ययन गरियो र यो पत्ता लाग्यो कि खानामा एलर्जी नभएका मानिसहरूले पनि खानामा संवेदनशील हुने कारणले आईजीई एन्टिबडी उत्पादन गर्छन । यसले हृदय रोगको जोखिम बढाउँछ ।

अन्वेषकहरूले भने कि एन्टि–बडीहरूले हृदय रोग को कारण कसरी बन्छ भन्ने बारे थप अनुसन्धान आवश्यक छ। जोगिनु नै राम्रो अनुसन्धानका अनुसार कतिपय मानिसले गाईको दूध र बदाम जस्ता पदार्थ पचाउन सक्दैनन् तर एलर्जी भने हुँदैन । यस्ता व्यक्तिमा समेत मुटु सम्बन्धी रोग बढ्ने खतरा हुन्छ ।

यदि कसैलाईकेहीखास खाने कुराहरू पचाउन समस्या छ भने, तिखाने कुराहरूउपयोगगर्न वाट जोगिनु पर्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!