इमेजलाई लिएर पुरुष बढी चिन्तित, महिला को दाँजोमा पुरुष आफ्नो बारेमा नकारात्मक बोल्दैनन्


महिला को दाँजोमा पुरुषहरू आफ्नो बारेमा नकारात्मक जानकारी साझा गर्न धेरै हिचकिचाउँछन्। अमेरिकाको कार्नेगी मेलन युनिभर्सिटीको अध्ययनबाट यो कुरा बाहिर आएको हो ।

जर्नल अफ एक्सपेरिमेन्टल सोसल साइकोलोजीमा प्रकाशित अध्ययनको सम्बन्धमा, अन्वेषकहरूले सुझाव दिएका छन् कि पुरुषहरू अरू मानिसहरूले उनीहरूको बारेमा के सोच्छन् भनेर बढी चिन्तित हुन सक्छन् ।

तसर्थ, पुरुषहरूमा आफ्नो बारेमा सकारात्मक जानकारी साझा गरेर र नकारात्मक कुराहरू नभनेर आत्म–प्रवर्द्धन (सेल्फ प्रमोट) गर्ने प्रवृत्ति हुन्छ । अनुसन्धान कर्ताहरूले यस अध्ययनको लागि विभिन्न वर्गका १००० सहभागीहरूलाई समावेश गरेका थिए।

यो बानीको फाइदा र बेफाइदा दुबै छ 

अध्ययनका सह लेखक प्रोफेसर इरेन स्कोपेलिटि भन्छन् कि यो अनुसन्धानले डिजिटल प्लेटफर्ममा लैङ्गिक विसंगति बुझ्न मद्दत गर्नेछ। अध्ययनका अनुसार जानकारी आदान प्रदानको प्रभावले पुरुषका लागि फाइदा र बेफाइदा दुवै हुन सक्छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!