अझै ८९ जना भूकम्प घाइते उपचार मा


काठमाडौं – जाजरकोटमा गत शुक्रवार गएको भूकम्प र परा कम्पन वाट घाइते भएका मध्ये अझै पालिका, जिल्ला र रिफरल अस्पतालमा ८९ जनामा उपचारमा छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भूकम्पमा घाइते भएका हरू स्थानीय तहका वडा तथा पालिका मा रहेको स्वास्थ्य संस्था, अस्पताल तथा जिल्लामा रहेका प्रादेशिक अस्पतालहरू वाट उपचार पछि धेरै जना निको भइ सके पनि ८९ जना उपचार रत छन् ।

रिफर भएका र उपचार रत रहेका घाइते हरू प्रादेशिक अस्पताल सुर्खेतमा २० जना, भेरी अस्पताल नेपालगन्जमा ४८ जना त्रिवि शिक्षण अस्पताल काठमाडौं मा ११ जना र राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा २ जना गरी जम्मा ८९ जना उपचार रत छन् ।

स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेत ले त्रिवि शिक्षण अस्पताल र ट्रमा सेन्टर गरी काठमाडौं मा उपचार रत घाइतेहरूको स्वास्थ्य अवस्था बारे बुधवार जानकारी लिएका छन् ।

भूकम्प बाट हाल सम्म १ सय ५३ जनाको मृत्यु भएको छ । भूकम्पले ज्यान गुमाउने हरू मध्ये १ सय १ जना जाजरकोटका छन् । यस्तै जाजरकोट कै १ सय ३३ जना घाइते समेत भएका छन् । त्यस्तै रुकुम पश्चिममा भूकम्पले हाल सम्म ५२ जनाको मृत्यु भएको छ र १ सय ९७ जना घाइते छन् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!