भुकम्प ले जाजरकोट र रुकुममा १२८ को मृत्यु १८० घाइते


काठमाडौं – शुक्रबार राती ११.४७ बजे गएको भुकम्पबाट हाल सम्म १२८ जना को मृत्यु भएको छ, १८० जना घाइते छन ।

अहिले सम्म प्राप्त क्षतिको विवरण अनुसार जाजरकोट ९२ जनाको मृत्यु र ५५ जना घाईते भएका छन । यस्तै रुकुम पश्रिम मा ३६ जनाको मृत्यु र ८५ जना घाईते भएका छन ।

तत्कालै उद्दार, खोज र राहतका लागि प्रधानमन्त्री पुष्प कमल दहाल नेपाली सेनाको १६ जना चिकित्सा टोली र आवश्यक सामग्री सहित प्रभाबित क्षेत्रमा पुगेका छन ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः ४७, १२:०८, १२:२९, १२:३५ गरी ४ पटकको क्रमश: ६.४, ४.८, ४.२ र ४.३ म्याग्निच्युडको भुकम्प गएको थियो । यसले रूकुम पश्चिम र जाजरकोटका दर्जनौंको मृत्यू र घाईते भएका छन ।

तत्काल खोज तथा उद्धारका लागि सुरक्षाका तीनवटै निकाय, स्थानीय पालिकाका प्रतिनिधि, स्थानीय युवाहरू लागेका छन।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!