जापानद्वारा डडेल्धुरा ब्लड बैकलाई उपकरण हस्तान्तरण


काठमाडौं– नेपाल रेडक्रस सोसाइटी, डडेल्धुरा द्वारा अमर गढी नगरपालिकामा सञ्चालित ब्लड बैंकलाई बिहीबारे जापान सरकार ले एक समारोह बिच उपकरण हस्तान्तरण गरेको छ । नेपाल स्थित जापानी दूतावासका डेपुटी चीफ अफ मिसन तमुरा ताकाहिरा उक्त उपकरण हस्तान्तरण समारोहमा सरिक भएका थिए ।

ग्रासरुट हृयुमन सेक्युरिटी प्रोजेक्ट (जीजीएस) को अनुदान सहायता अन्तर्गत जापान सरकारले ब्लड बैक सुविधाको स्तरोन्नति गर्न उपकरण जडान गरेको हो । यो करिब ६६ लाख रुपियाँ बराबरको सहयोग हो । ब्लड बैंक ले सुरक्षित रगत चाहिने बिरामीहरूलाई सम्पूर्ण रगत र रगतका कम्पोनेन्टहरू प्रदान गर्छ ।

उक्त अवसरमा तमुरा ले परियोजनामा संलग्न सबैको प्रयास को प्रशंसा गरे । आयोजना ले डडेल्धुरा र वरपरका जिल्लाका बिरामीहरूलाई रगतको आवश्यकता परेकाहरूलाई ठूलो सहयोग हुने समेत बताए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!