दिनहुँ ९ हजार पाइला पैदल हिँडाइले दीर्घायु, मुटु हुन्छ बलियो


नेदरल्याण्ड, स्पेन र अमेरिकाका अनुसन्धान कर्ताहरूले हालै गरेको एक अध्ययनले दिनमा ९ हजार पाइला हिँड्दा दीर्घायु हुने खुलासा भएको छ । जर्नल अफ द अमेरिकन कलेज अफ कार्डियोलोजी मा प्रकाशित एक रिपोर्ट अनुसार दैनिक हिँड्ने पाइला ले तपाई को मुटु र उमेरलाई प्रभावित गर्छ।

अध्ययनमा ११ हजार भन्दा बढी सहभागीहरूबाट १२ तहमा सङ्कलन गरिएको तथ्याङ्कको विश्लेषण गरिएको थियो । नियमित २५०० पाइला हिँड्दा मृत्युको जोखिम ८ प्रतिशतले कम हुने अध्ययनले देखाएको छ । दैनिक २७०० पाइला हिँड्दा हृदय घातको जोखिम ११ प्रतिशतले कम हुन्छ । ७ हजार पाइला दिनहुँ हिँडाइ ले मुटु रोगको जोखिम ५१ प्रतिशतले कम गर्छ ।

अनुसन्धान कर्ताहरूले नियमित ९ हजार पाइला हिँड्नु मुटुको स्वास्थ्य र दीर्घायुको खोजी गर्नेहरूका लागि सबैभन्दा उपयुक्त मान्छन् । यसले कुनै पनि कारणबाट हुने मृत्युको जोखिम ६० प्रतिशतले कम गर्छ। सामान्य गतिमा हिँड्दा १० मिनेटमा एक हजार पाइला पुरा हुने अनुसन्धानले देखाएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!