आन्द्रा स्वस्थ भए मस्तिष्क स्वस्थ, अल्जाइमर्स नहुने खुलासा


कम्युनिकेसन बायोलोजीमा जर्नल मा प्रकाशित एक रिपोर्ट अनुसार बढ्दो उमेर सँगै हुने अल्जाइमर रोग को गहिरो सम्बन्ध हाम्रो आन्द्राको स्वास्थ्य सँग हुन सक्छ ।

अष्ट्रेलियाका वैज्ञानिकहरूले करिब ४ लाख मानिसमा गरिएको अध्ययनको आधारमा आन्द्राको स्वास्थ्य राम्रो नभएका मानिसलाई अल्जाइमर रोग लाग्न सक्ने यो दाबी गरेका हुन् ।

एडिथ कोवान युनिभर्सिटीका अनुसन्धान कर्ता इमैनुएल एडवुइ ले कम्युनिकेसन बायोलोजीमा जर्नल मा प्रकाशित एक रिपोर्टमा बताए की विगतमा पनि अल्जाइमर लाई पेट सम्बन्धी समस्या सँग जोडिने गरिएको थियो, तर यो सम्बन्धको कारण भने बाहिर आइ रहेको थिएन ।

उनले अल्जाइमर र आन्द्रा को समस्याबाट पीडित मानिसहरू सँग सम्वद्ध अध्ययन लाई विश्लेषण गरे । यसका आधारमा दुवै समस्याबाट पीडित व्यक्तिको जीनमा समानता रहेको दाबी गरियो । यस खोजले कमजोर आन्द्राको स्वास्थ्य भएका मानिसहरूमा अल्जाइमर सँग आनुवंशिक सम्बन्धको पुष्टि गर्छ ।

इमानुएलका अनुसार आन्द्राको स्वास्थ्य र अल्जाइमर बीचको सम्बन्ध प्रकाशमा आएपछि हामी कुन व्यक्तिलाई अल्जाइमर्सको बढी जोखिममा छन् भनेर थाहा पाउन सक्नेछौ । उनीहरूलाई यो रोग लाग्ने सम्भावना पहिल्यै जाँच गर्न सकिन्छ, यदि यो रोग प्रारम्भिक चरणमा छ भने यसको विकासको गतिलाई कम गर्न सकिन्छ । उपचारका लागि नयाँ तरिकाहरू खोज्ने काम पनि गर्न सकिन्छ।

अनुसन्धान निरीक्षक प्रा. साइमन लजले भने कि अल्जाइमरले हाम्रो दिमागको बुझने शक्ति र भावना सँग सम्बन्धित भागहरूलाई असर गर्छ । यी दुईको आन्द्राको स्वास्थ्य सँग के सम्बन्ध छ, यो हामीलाई प्रष्ट भइसकेको छ । आन्द्रा को स्वास्थ्यलाई राम्रो बनाउन विज्ञहरूले फाइबर युक्त खाने कुरा खाने, प्रशस्त पानी पिउने, प्रशोधित खाने कुरा नखाने, खानालाई राम्ररी चपाएर र बिस्तारै खाने आदि सुझाव दिन्छन्।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!