सुँगुरको मुटु प्रत्यारोपण गरिएको विश्व को दोस्रो व्यक्ति पुर्न रूपमा निको


एक महिना अघि अमेरिकामा लरेन्स फासेट नाम गरेका व्यक्तिको शरीरमा सुँगुर को मुटु प्रत्यारोपण गरिएको थियो । शल्यक्रियापछि उनी पूर्ण रूपमा निको छन् । मेरिल्याण्डका यी व्यक्ति सुँगुरको मुटु आफ्नो शरीरमा प्रत्यारोपण गर्ने विश्वकै दोस्रो व्यक्ति हुन् ।

अस्पतालले गत शुक्रबार एक भिडियो जारी गर्यो जसमा फासेट निको हुन कडा मेहनत गरिरहेको देखिन्छ । फासेट मुटुको समस्याबाट पीडित थिए । उनलाई मानव मुटु प्रत्यारोपण गर्न सकिएन । यसपछि युनिभर्सिटी अफ मेरिल्याण्ड स्कूल अफ मेडिसिनका डाक्टरहरूले उनलाई प्रयोगात्मक शल्यक्रिया गर्न प्रस्ताव गरे। यो प्रत्यारोपण सन २०२३ को २० सेप्टेम्बरमा गरिएको थियो।

‘यो गाह्रो हुन गइरहेको छ, तर म यसलाई पार गर्ने छु’ ५८ वर्षीय फासेटले जोरले सास फेर्दै तर मुस्कुराउँदै भने । मेरिल्याण्डको टोलीले गत वर्ष विश्वको पहिलो आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मुटुको प्रत्यारोपण गरेको थियो, यसलाई डेभिड बेनेट नामक मानिसलाई दिएका थिए। तर, खराब स्वास्थ्य अवस्था लगायत विभिन्न कारणले दुई महिना पछि उनको मृत्यु भयो ।

बेनेटको मृत्युको कारण पूर्ण रूपमा स्पष्ट नभए पनि पछि अङ्गमा सुँगुरको भाइरसको संकेत फेला परेको थियो। त्यो पहिलो प्रयोगबाट सिकेका पाठहरूले यो दोस्रो प्रयास अघि धेरै परिवर्तनहरू गरि दियो, जसमा राम्रो भाइरस परीक्षण समेत सामेल छ ।

मेरिल्याण्ड टोलीका ‘कार्डियाक जेनोट्रान्सप्लान्टेशन’ को प्रमुख डा मोहम्मद मोहिउद्दीनले फासेटको मुटुले सबै काम आफै गरिरहेको बताए । अस्पतालका प्रवक्ताले भने कि फासेट उभिन सक्षम छन् र चिकित्सकहरूले उनलाई हिँड्न प्रयास गर्न आवश्यक पर्ने शक्ति प्राप्त गर्न मद्दत गरिरहेका छन्।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!