डेंगु ले हाल सम्म २० को मृत्यु र ३९,७,३८ संक्रमण, सर्वाधिक झण्डै ४१ प्रतिशत संक्रमण सुनसरीमा


काठमाडौं– स्वास्थ्य मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) को अनुसार यो वर्ष हाल सम्म डेंगु ले २० जनाको को मृत्यु ३९ हजार ७ सय ३८ संक्रमण देखिएको छ । गत वर्ष ५४ हजार ७ सय ८४ संक्रमण र ८८ जनाको मृत्यु डेंगुले गर्दा भएको थियो ।

इडीसिडी को तथ्याङ्क अनुसार हाल मुलुकको ७६ जिल्लामा देखिएको हो । यस्तै ११ वटा जिल्लामा ५ सय भन्दा बढी केश देखिएको छ । हाल सम्म सुनसरी जिल्लामा सर्वाधिक १६ हजार ९६ केस (४०.५ प्रतिशत), दोश्रो स्थानमा तनहुँ जिल्लामा ५ हजार २ सय ४२ केस, तेश्रो स्थानमा रहेको झापा जिल्लामा ३ हजार ६ सय ११ केस, चौथो स्थानमा रहेको धादिङमा ३ हजार १ सय ४५ केस, पाचौ स्थानमा रहेको मोरङ मा २ हजार २ सय ७८ केस र छैठो स्थानमा रहेको कास्कीमा १ हजार ५ सय ५५ केस देखिएको छ ।

यस्तैसातौंस्थानमा रहेको काठमाडौं जिल्लामा हाल सम्म ८ सय ६२ केस देखिएको हो । गत वर्ष काठमाडौं जिल्लामा १४ हजार ३ सय ७६ डेंगु को केस देखिएको थियो । गत वर्ष को ट्रेन्ड अनुसार अक्टोबर महिना देखीडेंगुको संक्रमण मा कमी आउने गरेको छ ।

डेंगु भाइरस वाट संक्रमित एडिज जातको लामखुट्टे को टोकाई वाट सर्ने डेंगु को लामखुट्टे पानी जम्मा हुने जुनसुकै भाँडोमा हुर्कन सक्छ । यसैले लामखुट्टेले फुल पार्न सक्ने पानी जम्ने फोहर र पानी राख्ने भाडा हरू खोजेर सफा गरेर यसको फुल नष्ट गर्नु पर्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!