के राती निद्रा नलाग्नू उच्च रक्त चापको प्रारम्भिक लक्षण त होइन? अध्ययनमा, वैज्ञानिक हरूले दुवै बीच सम्बन्ध पाए


वैज्ञानिकहरूले हालै गरेको एक अध्ययनका अनुसार निद्रा नलाग्ने र उच्च रक्तचापको बीचमा प्रत्यक्ष सम्बन्ध रहेको छ । हाइपरटेन्सन मा प्रकाशित, ब्रिघम एण्ड वुमन्स हस्पिटल, बोस्टनका वैज्ञानिकहरूद्वारा गरिएको अध्ययन अनुसार निद्रा नलाग्ने र उच्च रक्तचाप बीच प्रत्यक्ष सम्बन्ध रहेको छ ।

अध्ययनले के भन्छ ?

वैज्ञानिकहरूका अनुसार राति सुत्दा निन्द्रा नआउनू वा कुनै पनि प्रकारको बाधा को सामना गर्नु रक्तचापको लक्षण हुनसक्छ । सामान्यतया राति निन्द्रा नआउनू महिलाहरूको लागि उच्च रक्तचापको जोखिम हुन सक्छ । अनुसन्धान कर्ताहरूले मानिसहरूको रक्तचाप र उनीहरूको सुत्ने शैलीलाई नजिकबाट नियाले, जसले यी दुई बीचको सम्बन्ध रहेको खुलासा भयो ।

कम निद्राले उच्च रक्तचापको जोखिम बढाउँछ ?
हाइपरटेन्सनमा प्रकाशित यस अध्ययनमा अनुसन्धान कर्ताहरूले २५ देखि ४२ वर्षका ६६,१२२ महिलालाई समावेश गरेका थिए, जसलाई १६ वर्षसम्म फलोअप गरिएको थियो। यो अध्ययन सन् २००१ मा सुरु भएको थियो । त्यस समय सबै महिला उच्च रक्तचाप वाट मुक्त थिए । अध्ययनको समय महिलाको रक्तचाप नियमित रूपमा जाँच्नु का साथै उनीहरूको शारीरिक गतिविधिको पनि अनुगमन गरिएको थियो ।

अध्ययन पूरा भएको समय सम्म, २५,९८७ उच्च रक्तचाप को मामिला को पुष्टि भएको थियो। अध्ययनका अनुसार २४ घण्टामा मात्र ५ घण्टा वा कम सुत्ने महिलामा उच्च रक्तचापको जोखिम १० प्रतिशत सम्म बढेको थियो । जबकी ६ घण्टा भन्दा बढी सुत्ने महिलामा यो जोखिम ७ प्रतिशत मात्रै थियो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!