ग्लोबल हंगर इन्डेक्सः १२५ देशहरूको सूचीमा नेपाल ६९ औ स्थान र भारत १११ औं स्थानमा


काठमाडौं– दुई युरोपेली एजेन्सीहरूले गत बिहीवार (अक्टोबर १२) सार्वजनिक गरेको ग्लोबल हंगर इन्डेक्स रिपोर्टमा नेपाल १ सय २५ मुलुकको सूची मा ६९ औं स्थानमा छ ।

हाल नेपालको समग्र ग्लोबल हंगर इन्डेक्स स्कोर १५.० छ । यो स्कोर को गणना १०० प्वाइन्ट स्केलमा गरिन्छ । स्कोर जति बढी हुन्छ मुलुकको प्रदर्शन त्यति नै खराब हुन्छ ।

अहिले नेपालको अवस्था न बढी राम्रो न बढी खराब अर्थात् ठिक्कको (मोडरेट) देखिएको छ । तर सन २०१५ र सन २००८ मा यो इन्डेक्समा नेपालको स्थान गम्भीर ( सिरियस ) रहेको थियो । अझ सन २००० मा त एलार्मिङ्ग (चिन्ताजनक) नै थियो ।

भारत ग्लोबल हंगर इन्डेक्स को सूचीमा १११औ स्थानमा छ। भारत गत वर्षको तुलनामा चार स्थान तल झरेको छ । हाल भारत को समग्र ग्लोबल हंगर इन्डेक्स स्कोर २८.७ छ । सन २०२३ मा भारतको अवस्था चिन्ताजनक देखिएको छ भने सन २०१५ मा समेत अवस्था चिन्ताजनक (एलार्मिङ्ग) नै देखिएको थियो । अझ सन २००८ र २००० मा त गम्भीर (सिरियस) रहेको थियो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!