भारतमा १० करोड मानिस निन्द्रा नलाग्ने समस्याबाट चिन्तित, जर्नल अफ स्लिप मेडिसिनको रिपोर्ट, जान्नुहोस् कति ‘खतरनाक’ छ यो समस्या ?


नयाँ दिल्ली – भारतमा १० करोड मानिस निन्द्राको समस्याबाट पीडित छन् । जसमध्ये ५ करोड मानिसमा अब्सट्रक्टिव स्लिप एपनिया (ओएसए) को गम्भीर लक्षण देखिएको छ । यो रोगका कारण महिला र पुरुषमा मोटो पना समेत बढ्दै गएको छ । निद्रा नपुग्दा धेरै प्रकारका स्वास्थ्य सम्बन्धी समस्याहरू देखिन थाल्छन् ।

अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) नयाँ दिल्लीको रिपोर्ट अनुसार भारतमा करिब १० करोड मानिस निन्द्रा नलाग्ने समस्याबाट ग्रसित छन् । उनीहरूमा अबस्ट्रक्टिव स्लिप एपनियाको समस्या देखिएको छ ।

यो एक यस्तो रोग हो जसमा सुत्दा सास राम्ररी सास फेर्न समस्या हुन्छ र घुर्ने पनि हुन्छ । जसका कारण निन्द्रा मा समस्या हुन्छ । भारतको करिब ११ प्रतिशत वयस्कहरू यस रोगबाट प्रभावित छन् ।

विगत दुई दशकमा ६ वटा अनुसन्धानबाट तयार पारिएको यस तथ्याङ्कमा एम्सले अब्स्ट्रक्टिव स्लिप एपनिया रोग महिलाको तुलनामा पुरुषमा बढी देखिएको पायो ।

यसले उनीहरूको काममा पनि असर गर्छ । जसका कारण मोटो पना, मधुमेह र मुटु रोगको जोखिम पनि बढ्दै गएको छ । यो अनुसन्धान प्रतिवेदन जर्नल अफ स्लिप मेडिसिनमा प्रकाशित भएको छ ।

एम्स दिल्ली रिपोर्ट मा के छ ?

यो अनुसन्धान एम्स नयाँ दिल्लीको पल्मोनोलोजी विभागका प्रा. डा. अनन्त मोहनले गरेका हुन् । उनी अनुसन्धानका अनुसार भारतमा १० करोड मानिस निन्द्राको समस्याबाट पीडित रहेको बताउँछन् । जसमध्ये ५ करोड मानिस माअब्सट्रक्टिव स्लिप एपनिया(ओएसए) को गम्भीर लक्षण देखिएको छ । यो रोगका कारण महिला र पुरुषमा मोटो पना बढ्दै गएको छ । गम्भीर अवस्थामा, समस्या बिग्रन सक्छ । ओएसएका कारण राति अबेरसम्म घुर्ने र निद्रा पूरा हुँदैन। जसका कारण दिन भर निन्द्रा लाग्छ र काम प्रभावित हुन्छ । यो मानसिक स्वास्थ्यको लागि पनि हानिकारक हुन सक्छ। जसको कारण स्ट्रोक, उच्च रक्तचाप र मेटाबोलिक रोगको जोखिम पनि हुन्छ ।

अब्स्ट्रक्टिव स्लिप एपनियाको जोखिममा कसलाई बढी छ?

डा. अनन्त मोहनका अनुसार बढी उमेर भएका अर्थात् वृद्धवृद्धालाई अब्स्ट्रक्टिव स्लिप एपनियाको बढी जोखिम हुन्छ । निद्रा नपुग्दा शरीरका अन्य अङ्गमा पनि असर पर्छ । यो रोगले वृद्धवृद्धा बाहेक मोटो व्यक्तिलाई पनि सताउन सक्छ । त्यसैले यो रोग लागेमा चिकित्सकलाई देखाउन ढिलाइ गर्नु हुदैन ।

अब्स्ट्रक्टिव स्लिप एपनियाको लक्षण

  • राती चर्को स्वरमा घुर्नु
  • सुतिरहेको बेला सास फेर्न समस्या

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!