बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका १७७ डाक्टरले राजीनामा दिए 


काठमाडौं– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका १ सय ७७ जना डाक्टरहरूले सामूहिक राजीनामा दिएका छन् । चिकित्सकहरूको करिब ७ वर्षदेखि र गैर चिकित्सक कर्मचारीको डेढ दशक देखी बढुवा रोकिएको जनाउँदै आन्दोलन रत डाक्टरहरूले बुधवार स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतलाई मन्त्रालयमै भेटेर सामूहिक राजीनामा बुझाएका छन् ।

उनीहरूले स्वास्थ्य मन्त्रीलाई प्रतिष्ठानको गिर्दो अवस्था र डाक्टर शिक्षकको बढुवा रोकिएको गुनासो गरेका हुन । डाक्टरहरूले प्रतिष्ठानमा धेरै दरबन्दी खाली भए पनि सात वर्षदेखि बढुवा प्रक्रिया अवरुद्ध भएको पनि जनाएका छन् ।

यस्तै दुई वर्ष यता मात्र ५० जना भन्दा बढी दक्ष डाक्टरहरूले प्रतिष्ठान छाडेको र विभिन्न विभागमा प्राध्यापक तहका डाक्टरको अभावले त्यहाँको पठन पाठनमा असर परेको समेत बताएका छन् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!