डिप्रेसन वाट मुक्ति दिलाउन औषधि जतिकै असरदार छ दौडनु, अनुसन्धानको दाबी


आम्सटर्डम स्थित व्रीजे विश्वविद्यालय मा गरिएको एउटा अनुसन्धान अनुसार नियमित रूपले दौडिँदा डिप्रेसन अर्थात् उदासी रोग वाट राहत मिल्न सक्छ । मानसिक स्वास्थ्य को लागि दौडनु डिप्रेसन विरुद्धको औषधिहरू जस्तै प्रभावकारी छ ।

अध्ययन कर्ताहरूले डिप्रेसन भएका १ सय ४१ जना बिरामीमा यो अध्ययन गरेका हुन । अनुसन्धान कर्ता प्रा.ब्रेडा पेनिनक्स भन्छन–‘हामीले के पायौ भने जुन बिरामीले नियमित रूपमा दौड लाई आफ्नो दिनचर्या को हिस्सा बनाए, उनीहरूमा १६ साता पछि डिप्रेसन मा त्यति नै कमी देखियो जति औषधि सेवन गर्ने बिरामीमा आउँछ ।’

यी बिरामी हरूलाई मात्र मानसिक लाभ भएन , उनीहरूको मोटो पनामा समेत कमी आयो । दौडने कारणले मुटुको चालमा सुधार भयो र शरीर समेत फिट रहयो । यसको विपरीत जुन डिप्रेसनका बिरामी हरूलाई औषधि दिइयो उनीहरू लाई शारीरिक रूपले कुनै लाभ भएन ।

अध्ययनमा संलग्न डिप्रेसनका १ सय ४१ बिरामी मध्ये ४५ जना ले डिप्रेसन रोधक औषधिको चयन गरे, जबकी अन्य ले व्यायामको रूपमा १६ साता सम्म नियमित रूपले दौडने निर्णय गरे । अन्तमा दुवै समूहका जम्मा ४४ प्रतिशत ले डिप्रेसन वाट राहत भएको कुरा स्वीकार गरे । तर दौडने हरले शारीरिक रूपले समेत आफूलाई फिट बताए । दौडने समूहको सहभागीहरूले डिप्रेसन को लक्षण मा सुधार सँगै तौल , कमरको बोसो, रक्तचाप र मुटु को कार्य मा पनि सुधार को अनुभव गरे ।

अनुसन्धान कर्ताहरूको अनुसार मानसिक स्वास्थ्य लाई ठीक राख्न यस प्रकारको शारीरिक समस्यामा समेत गम्भीरता ले ध्यान दिनु पर्छ । यस आधारमा भन्न सकिन्छ की जसले दौड को विकल्प चुने उनीहरू लाइ बढी लाभ भयो ।

दगुर्दा कसरी डिप्रेसन कम हुन्छ

हैप्पी हर्मोनको निर्माण अनुसन्धानमा संलग्न रहेका हरू को अनुसार दौडिँदा शरीरमा हैप्पी हर्मोन जस्तो सेरोटोनिन र डोपामाइन को निर्माण हुन्छ । दगुर्दा शरीरमा कोर्टिसोलको स्तर कम हुन्छ , यो डिप्रेसन बढाउने हर्मोन हो ।

राम्रो निन्द्रा आउँछ 

तनाव र डिप्रेसन ले गर्दा गहिरो र राम्रो निन्द्रा आउँदैन । दिनहुँ दगुर्दा शरीरले मस्तिष्क लाई आराम गर्ने संकेत दिन्छ । यो संकेत ले निन्द्रा मा सुधार गर्छ ।

नकारात्मक विचार हट्छ 

दगुर्दा शरीरमा निर्माण हुने अन्य हर्मोन , जस्तो एंडार्फिन र ग्लुटामेट मस्तिष्कमा उत्पन्न हुने नकारात्मक विचार लाई बाहिर निकाल्न सघाउँछ । यसले गर्दा दिनहुँ दौडिँदा मन राम्रो रहन्छ ।

तौल मा कमी 

नियमित रूपले दौडिँदा शरीरको तौल कम हुनु को साथै व्यक्तित्व समेत राम्रो हुन्छ । डिप्रेसनको रोगी हरूको लागि यो सकारात्मक साबित हुन्छ । राम्रो देखिँदा उनीहरूको मन वाट नकारात्मक विचार हट्न थाल्छ र डिप्रेसन वाट मुक्ति मिल्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!