पर्सा को श्रीपुरमा आँखा परीक्षण गराउने मध्ये एक तिहाइ भन्दा बढी मा मोतीबिन्दु, के हो मोतीबिन्दु ? लक्षण र उपचार कस्तो ?


श्रीपुर (पर्सा)– पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिकाको वडा नं २ श्रीपुरमा आँखा परीक्षण गर्न आएका मध्ये एक तिहाइ भन्दा बढी मा मोती विन्दुको समस्या देखिएको छ । समस्या देखिएका सबैको निःशुल्क शल्यक्रिया गरिने छ ।

श्रीपुरमा ४ सय ४५ जना को आँखा परीक्षण गर्दा १ सय ५८ जनामा मोती बिन्दु देखिएको हो । नेपाल नेत्र ज्योति संघ आरएम केडिया आँखा अस्पतालको प्राविधिक र छिमेक लघु वित्त वित्तीय संस्थाको आर्थिक सहयोगमा श्रीपुरमा शनिवार एक दिने निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर आयोजना गरिएको थियो । मोती बिन्दु देखिएको सबै बिरामीहरूको नेत्र ज्योति संघ आरएम केडिया आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने छ ।

के हो मोतीबिन्दु ? लक्षण र उपचार कस्तो ?

आँखाको गोलो कालो भित्री नानी पछाडि रहेको शिशा जस्तो पारदर्शक लेन्स उमेर तथा अन्य कारण वाट अपारदर्शक हुँदै जानु लाई मोतीबिन्दु भनिन्छ । मोतीबिन्दु ले गर्दा कालो भित्री नानी सेतो हुँदै जान्छ ।

मोतीबिन्दु हुँदा देख्नु पोल्नु केही हुँदैन । एउटा वा दुवै आँखाले विस्तारै टाढाका वस्तु धमिलो देखिँदै जान्छ र केही महिना वा वर्ष पछि पटकै नदेख्ने हुन्छ । यो रोग खाने लगाउने औषधीले निको हुँदैन । तर शल्यक्रिया पछि फेरी राम्ररी देख्न सकिन्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!