हरेक दिन ४–५ मिनेट छिटो दौडिँदा पनि क्यान्सरको जोखिम कम


जामा अन्कोलोजी रिसर्चमा प्रकाशित एक अनुसन्धानमा भनिएको छ कि यदि कुनै व्यक्ति हरेक दिन करिब ४–५ मिनेट छिटो दौडन्छ अर्थात् बस वा रेल समात्न पनि छिटो दौडिन्छ भने यसले १३ भन्दा बढी प्रकारको क्यान्सरको जोखिम कम गर्छ ।

अनुसन्धानमा करिब २२ हजार भन्दा बढी पुरुष र महिलाहरूको गतिविधि–ट्रयाकरडेटा प्रयोग गरियो । यसमा ती व्यक्तिहरू पनि समावेश छन् जसलाई कुनै कारणले छिटोसिँढीचढ्नु पर्छ र मेट्रो समात्नु पर्छ । तथ्याङ्कको विश्लेषण गर्दा क्यान्सरको जोखिम करिब ३२ प्रतिशतले घटेको पाइएको छ । यो एक प्रभावशाली विश्लेषण र अध्ययन हो ।

हृयुस्टनको एमडी एन्डरसन क्यान्सर सेन्टरका डा. सुसान गिलक्रिस्ट भन्छन् कि क्यान्सर र व्यायाम बीच सीधा सम्बन्ध छ । अब प्रश्न उठ्छ कि क्यान्सरको जोखिम कम गर्ने ती क्रियाकलाप के हुन् ? यस अध्ययनले पसिना ल्याउने केही मिनेटका गतिविधिहरूमा कडा मिहिनेत भएको घरको काम, किराना पसलमा भारी सामान किन्ने, तीव्र गतिमा हिँड्ने, बालबालिका सँग थाक्ने खेल खेल्ने जस्ता गतिविधिहरू समावेश छन् ।

अनुसन्धान कर्ताहरूका अनुसार कडा परिश्रम नगर्ने वयस्कहरूलाई छाती र कोलोन जस्ता अगहरूको क्यान्सर हुने खतरा बढ्छ । त्यसैले व्यायाम महत्त्वपूर्ण छ। मेटास्टेटिक क्यान्सरको जोखिम ७२ प्रतिशत ले घट्छ । जो नियमित रूपमा ३०–४० मिनेट एरोबिक व्यायाम अर्थात् दौड जगिङ्ग गर्छन् ।

व्यायाम र क्यान्सर बीचको सम्बन्ध विभिन्न अनुसन्धानका अनुसार मानिसको शरीर रचना दौडनका लागि बनाइएको हो । पहिले मानिसहरू खानाको लागि धेरै दौडिन्थे । अब दिनचर्या परिवर्तन भएको छ, अधिकांश मानिसहरू एक निष्क्रिय जीवन शैली बिताउँछन् । त्यसैले डाक्टर कहाँ जानबाट जोगिने सबैभन्दा राम्रो उपाय भनेको शारीरिक गतिविधि बढाउनु हो ।

यसमा सबैभन्दा राम्रो व्यायाम पनि दौडनु नै हो । यसले शरीरको हरेक प्रणालीलाई सुधार गर्छ । दौडने मानिसहरूमा न दौडने मानिसहरूको दाँजो मा कुनै पनि कारणले मर्ने सम्भावना २७ प्रतिशतले कम हुन्छ। उनीहरूको मुटु रोगबाट मर्ने जोखिम ३० प्रतिशत कम हुन्छ र क्यान्सरबाट मर्ने जोखिम २३ प्रतिशत कम हुन्छ । दौडिँदा धमनीमा रगत राम्रो सँग बग्छ र मुटुलाई पर्याप्त मात्रामा अक्सिजन प्राप्त हुन्छ । यसले हृदय घातको जोखिम पनि कम गर्छ ।

यदि तपाई ले हरेक दिन बिहान वा बेलुका नियमित दौडने बानी बसाल्नु भयो भने यसले तपाई लाई स्वास्थ्यको हिसाबले धेरै फाइदा दिन सक्छ । भारी कसरत गर्ने व्यक्तिहरूले सातामा ५ दिन यस्तो गर्न सक्छन् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!