भारत र नेपाल का पशु चिकित्सक को वन हेल्थ बारे संयुक्त सम्मेलन


काठमाडौं– एक स्वास्थ्य (वन हेल्थ) दृष्टिकोण मार्फत स्वास्थ्य सुरक्षा प्रदान गर्न जन स्वास्थ्य अन्तर्गत पशु चिकित्सक को भूमिका विषयक नेपाल र भारतका भेटनरी जनस्वास्थ्य विशेषज्ञहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।

भारतको एशोसिएसन अफ पब्लिक हेल्थ भेटेनेरेरीयन्स तथा भेटेरिनरी पब्लिक हेल्थ एशोसिएसन नेपालको संयुक्त आयोजनामा भएको उक्त सम्मेलनमा जम्मा ७६ वटा विभिन्न वैज्ञानिक प्रस्तुतिहरू भएको थियो ।

भारतका १४ राज्यबाट ८० जना भेटेरिनरी जनस्वास्थ्य विज्ञ र नेपालका ७० जना पशु चिकित्सक सम्मिलित उक्त सम्मेलनमा पशु स्वास्थ्य को विभिन्न पक्ष मा व्यापक छलफल, विचार विमर्श सँगै कार्यपत्रहरू प्रस्तुत भएको आयोजक समितिका डा. शीतलकाजी श्रेष्ठ ले बताए ।

भारतको एशोसिएसन अफ पब्लिक हेल्थ भेटेरेनेरियन्सको १५ औं सम्मेलन पनि उक्त अवसरमै सम्पन्न गरिएको थियो । विश्व स्वास्थ्य संगठन नेपालबाट पनि सम्मेलनमा जनस्वास्थ्य सम्बन्धी प्रस्तुतिकरण भएको थियो ।

भेटेरिनरी पब्लिक हेल्थ एशोसिएसन नेपालका अध्यक्ष डा. मुकुल उपाध्यायको अध्यक्षतामा भएको उक्त सम्मेलनमा भारतबाट एशोसिएसन अफ पब्लिक हेल्थ भेटेरेनेरीयन्सका अध्यक्ष प्राध्यापक डा. एनआर प्रधान, महासचिव प्राध्यापक डा. तपन कुमार मण्डल, विहार भेटनरी कलेजका डिन डा. जय किसन प्रसाद, पण्डित दिनदयाल उपाध्याय विश्व विद्यालयका प्राध्यापक डा. रश्मि सिंह लगायतले आफ्नो विचार राखेका थिए । उक्त अवसरमा भारतका डा. नित्यानन्द पाठक र नेपालका स्वर्गीय डा. दुर्गा दत्त जोशीले लाइफ टाइम एचिभमेण्ट अवार्ड पाएका थिए । यस्तै विभिन्न व्यक्तिहरूलाई भारतको एशोसिएसन अफ पब्लिक हेल्थ भेटेनरीयन्सले विभिन्न शीर्षकको पदकहरू पनि वितरण गरिएको थियो । उक्त सम्मेलनको उद्‌घाटन प्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गत साता काठमाण्डौमा गरेका थिए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!