सस्तो र बढी अरसदार हुन्छ औलो को नयाँ खोप, अक्सफोर्ड को आर २१/मेट्र्रिक्स–एम लाई डब्लुएचओले दियो मन्जुरी


विश्व भरीमा बढ्दो औलो को संक्रमण बिच विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले एउटा नया खोप लाई मन्जुरी दिएको छ । डब्लुएचओले ‘आर२१/मेट्र्रिक्स–एम’ खोप लाई सिफारिस गरेको हो । यो खोप अक्सफोर्ड विश्वविद्यालय द्वारा निर्माण गरिएको हो ।

यो औलो को यस्तो दोश्रो खोप हो जसको सिफारिस डब्लुएचओले गरेको हो । यो खोपले डब्लुएचओको ७५ प्रतिशत प्रभावकारिता को लक्ष्य लाई पुरा गरेको छ । र यो लक्ष्य लाई प्राप्त गर्ने यो औलोको पहिलो खोप हो ।

यो खोपको मात्रा (डोज) छिमेकी मुलुक भारत को सीरम इन्स्टिच्युट अफ इन्डिया मा निर्माण हुने वाला छ । मात्रा को हिसाबले विश्वको सबै भन्दा ठुलो खोप निर्माता सीरम इन्स्टिच्युट अफ इन्डिया पहिले देखी नै एक वर्ष मा १० करोड भन्दा बढी खोप बनाउने तयारी गरी रहेको छ । र यसलाई २० करोड सम्म बढाउने योजना छ । प्रत्येक मात्रा को मूल्य दुई देखी चार डलर को बीचमा छ । प्रति व्यक्ति यो खोपको चार मात्रा आवश्यक छ ।

डब्लुएचओ का महा निर्देशक डा.टेड्र्रोस एडनोम घेब्रेयेसस ले भने–‘एउटा औलो को अनुसन्धान कर्ता को रूपमा म त्यो दिनको सपना देख्थे जब हामी सँग औलो को विरुद्ध एउटा सुरक्षित र प्रभावकारी खोप हुने छ । अब हामी सँग दुई वटा छ ।’

लामखुट्टेको टोकाई ले हुने औलो ले वर्षेनी करिब पाँच लाख व्यक्तिले ज्यान गुमाउँछ । यस मध्ये धेरै जसो ५ वर्ष मुनी का बालबालिका र गर्भवती महिला प्रभावित हुन्छन् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!