शरीरमा ७० वर्ष पछि तीव्र गतिले देखिन थाल्छ उमेरको प्रभाव, के हो वास्तविक कारण ?


७० वर्ष पछि शरीर तीव्र गतिले कमजोर हुँदै जान्छ । उमेरको प्रभाव अचानक देखिन थाल्छ, किन भने ७० वर्षपछि छालादेखि मस्तिष्क सम्ममा एकनास को परिवर्तनहरू देखा पर्छन् । हालै गरिएको एक अनुसन्धानमा यो पुष्टि भएको हो ।

अनुसन्धानका अनुसार जब मानिस ४०–५० वर्षको हुन्छ, असामान्य स्टेम सेलको विकासले उसको शरीरमा थोरै फरक पार्छ, तर जब उसको उमेर ७० वर्षभन्दा बढी हुन्छ, त्यही स्टेम सेल, रक्त कोशिका आदिको उत्पादनमा असर पार्छ । शरीरमा रगत बन्ने प्रक्रिया सुस्त हुन्छ । यसले कमजोरी निम्त्याउँछ ।

यो मुख्य कारण हो

वेलकम–एमआरसी क्याम्ब्रिज स्टेम सेल इन्स्टिच्युटमा डा पिटर क्याम्पबेल र उनका सहयोगीहरूले नवजात शिशु देखि लिएर ८० वर्ष सम्मका मानिसहरूको रक्त कोशिकाहरूको अध्ययन गरे । यसमा के देखियो भने ६५ वर्षको उमेरसम्म शरीरमा रोग सँग लड्ने प्रतिरोधात्मक क्षमता बढी हुन्छ, जुन पछि कमजोर हुन थाल्छ । अनुसन्धान कर्ताहरूले अनुसार रगत निर्माणमा संलग्न स्टेम सेलहरू समय सँगै उत्परिवर्तन (म्युटेसन) हुँदै जान्छ, जुन बिस्तारै देखा पर्न थाल्छ ।

कार्य क्षमता प्रभावित हुन्छ

यस्तो उत्परिवर्तन र हर्मोनमा हुने परिवर्तनले शरीरको काम गर्ने क्षमतालाई बिस्तारै कम गर्छ र छाला देखि मस्तिष्क सम्ममा विभिन्न परिवर्तनहरु देखिन थाल्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!