काठमाडौ मै डाक्टर कुटिए, २ जना पक्राऊ, चिकित्साकर्मी विरोध प्रदर्शनमा


काठमाडौँ — सिनामंगल स्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा अध्ययन रत चिकित्सकलाई आइतबार बिरामीका आफन्तले कुटपिट गरेका छन् ।

केएमसी मा डाक्टर माथि कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौं ले दुइ जना लाई पक्राउ गरेको जनाएको छ ।

सरकारले विभिन्न कुटपीट प्रकरण मा स्वास्थ्यकर्मी हरु संग सहमति गरेको भोलीपल्ट नै राजधानी मै पुन: डाक्टर कुटिएका हुन ।

केएमसीका बहिरंग विभागमा कार्यरत इन्टर्न डा. मनिष खड्का माथि बिरामीका आफन्तहरूले हातपात गरेको हो । केएमसी का चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले यसको विरोध प्रदर्शन सुरु गरेका छन ।

एक डाक्टर का अनुसार इन्टर्न चिकित्सक ले बहिरंग विभागमा जम्मा भएर हल्ला नगर्न र बाहिर गएर पर्खन भने पछि बिरामीका आफन्तले ती चिकित्सकलाई गाली गर्दै कुटपिट गर्न सुरु गरेका थिए । उनीहरूले ती चिकित्सकलाई उचालेर भूइँमा पछार्नु संगै चिकित्सक लाई बचाउने प्रयास गरेकी एक जना महिला एटेन्डेन्ट लाई समेत हातपात गरेका छन् ।

केएमसीका चिकित्साकर्मी हरुले कुट्ने लाई तुरुन्तै पक्राउ गरी गृहमन्त्री को उपस्थिति मा गत शनिवार भएको सहमतिको पूर्ण पालना गर्न आग्रह गरेका छन् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!