अध्ययनको दाबी : निद्राको गुणस्तरमा सुधार चाहनु हुन्छ भने १८ डिग्री सेल्सियस हैन, यति राख्नुस् कोठाको तापक्रम


निद्राको गुणस्तर र कोठाको तापक्रम बीचको सम्बन्ध पत्ता लगाउन गरिएको एउटा अध्ययनमा अन्वेषकहरूले कोठाको तापक्रम सही भएमा राम्रो निद्रामा मद्दत पुग्ने पाएका छन् ।

साइन्स अफ द टोटल इन्भायरमेन्ट जर्नलमा अनलाइन प्रकाशित उक्त अनुसन्धानले सन २०२१ देखि २०२३ सम्म ५० जना मानिसको निद्रा बानीको मूल्याङ्कन गरेको थियो ।

रातको तापक्रम लाई ट्रेक गर्नको लागि वातावरणीय सेन्सरहरू तिनिहरूको शयनकक्षहरूमा लगाइएको थियो र सहभागीहरूले  कति समय सुते र कति कोल्टो फेरे मापन गर्न सहभागीहरूलाई स्मार्टफोन सँग जोडिएको औँठी लगाइएको थियो । मनिटर को माध्यमले श्वासप्रश्वास, मुटुको चाल र शरीरको तापक्रम पनि निगरानी राखिएको थियो ।

तापमान २०–२५ डिग्री सेल्सियस राख्नुहोस् 

अध्ययन प्रतिवेदनमा, अन्वेषकहरूले निष्कर्ष निकाले कि कोठाको तापमान २०–२५ डिग्री सेल्सियसको बीचमा हुँदा सहभागीहरूको निद्राको गुणस्तर सबै भन्दा राम्रो थियो । तर, जब कोठाको तापक्रम २५–३० डिग्री सेल्सियस भयो भने निद्राको गुणस्तर ५ प्रतिशत देखि १० प्रतिशत कमी आयो ।

अध्ययनका प्रमुख लेखक तथा हार्बर्ड मेडिकल स्कूलका प्रोफेसर अमिर बानियासादी भन्छन्,–‘ हामीले पायौ की कोठाको तापक्रम सही राखेर निन्द्राको गुणस्तरमा सुधार गर्न सकिन्छ । यदि हामीले हाम्रो अध्ययनको आधारमा सुझाव दिनु पर्छ भने, कोठाको तापमान २०–२४ डिग्री बीचमा राख्नुपर्छ ।’

जलवायु परिवर्तनको जोखिमलाई मध्य नजर गर्दै यस अध्ययनको प्रतिवेदनमा गम्भीर ध्यानाकर्षण हुनुपर्ने अध्ययनले जनाएको छ । अध्ययनले वृद्ध मानिसहरूमा निद्राको गुणस्तरमा मौसम परिवर्तनको सम्भावित प्रभावलाई हाइलाइट गर्दछ।

निद्राको गुणस्तर सुधार गरेर, धेरै प्रकारका न्यूरोडिजेनेरेटिभ रोगहरूको जोखिम कम गर्न सकिन्छ । समग्र शारीरिक र मानसिक स्वास्थ्य कायम राख्न निद्राले महत्त्वपूर्ण भूमिका खेल्छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!