अपचमा बेसारले औषधि जस्तै असर गर्छः अध्ययन


ब्रिटिस मेडिकल जर्नल मा प्रकाशित एउटा अध्ययन अनुसार अपच (इनडाइजेसन) मा बेसार औषधि जस्तै असर गर्छ । खाने कुरा पचाउन कठिन हुने अवस्था अर्थात् अपच भएकाहरुको लागि सबै भन्दा राम्रो उपचार बेसार हो ।

ब्रिटिस मेडिकल जर्नल मा प्रकाशित अनुसन्धान अनुसार बेसारको उपयोगले औषधिको उपयोग जतिकै राहत पाइन्छ । बेसारमा पाइने करक्युमिनमा एन्टि इन्फलेमेटरी  र एन्टिमाइक्रोवियल (जीवाणुरोधी) गुण हुन्छ । यसको उपयोग लामो समय देखि उपचारको लागि गरि राखिएको छ । बेसारको उपयोग अपचको उपचारमा समेत गरि राखिएको छ । उसो अनुसन्धानकर्ताहरुको भनाइ अनुसार हाल सम्म यो स्पष्ट हुन सकेको छैन की औषधिको दाँजोमा यो कति अरसदार छ ।

यो अध्ययन थाइल्याण्ड को एउटा अस्पतालको २०६ जना बिरामी मा गरिएको थियो । यो अध्ययन मा सहभागी बिरामी को उमेर १८ देखी ७० वर्ष सम्म का थिए । यी बिरामी हरू लाइ निरन्तर पेट खराब हुने समस्या रहेको थियो । अध्ययनमा सहभागी बिरामी लाइ ३ समूहमा बाँडेर २८ दिन सम्म उपचार गरिएको थियो ।

पहिलो समूहमा  भएका सहभागीहरूलाई दिनहुँ बेसारको एउटा सानो डमी क्याप्सुल दिइएको थियो । बेसारको रूपमा बिरामी हरू लाई एक दिनमा ४ पटक करक्यूमिनको २५० मिलि ग्रामको २ वटा क्याप्सुल दिइयो ।

यस्तै दोस्रो समूहका सहभागीहरूलाई  हरेक दिन आमेप्राजोल दिइयो । यसमा २० मिलि ग्रामको एउटा सानो क्याप्सुल र २ डम्मी क्याप्सुल हुन्थ्यो । जबकी तेस्रो समूहलाई बेसार सँगै ओमेप्राजोल दिइयो । पहिलो समूहमा ६९ जना , दोस्रो समूहमा ६८ जना र तेस्रो समूह मा ६९ जना बिरामी सहभागी थिए ।

२८ दिन सम्म चलेको यो अध्ययनमा डिस्पेप्सिया एसिस्मेनट स्कोर को अनुसार बिरामी मा दुखाइ र अन्य लक्ष्यमा कमी पाइयो । जबकी ५६ दिन पछि दुखाइ मा अझ सुधार भयो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!