सातामा ७५ मिनेट हिँडनु, डिप्रेसन कम गर्न सहयोगी


बेलायतको क्याम्ब्रिज युनिभर्सिटीमा हालै गरिएको एक अध्ययन अनुसार सातामा ७५ मिनेट जति हिड्ने हरु डिप्रेसनको शिकार हुनबाट बाच्न सक्छन् ।

यस अध्ययन सँग जोडिएका अनुसन्धानकर्ताहरूका अनुसार विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार सातामा १ सय ५० मिनेट व्यायाम गर्नु आवश्यक हुन्छ, तर यो अवधि भन्दा आधा समय दिएमा समेत उदासी रोग (डिप्रेसन)को सम्भावना मात्र २० प्रतिशत रहन्छ ।

व्यायामले शरीरमा एन्डोर्फिन नामक रसायन उत्पादन गर्छ, जसले हामीलाई खुशी अनुभुति दिन्छ । यसले डिप्रेसनबाट पीडित व्यक्तिहरूलाई मद्दत मिल्न सक्छ ।

यो अध्ययन एक लाख ९० हजार मानिसमा गरिएको हो । यसमा अमेरिका, रुस, मेक्सिको, अष्ट्रेलिया, जापान, भारत, लगायत युरोपेली मुलुकका मानिसहरू  सहभागी थिए ।

यो अध्ययनमा संलग्न व्यक्ति मध्ये २८ हजार डिप्रेसनबाट पीडित थिए । अनुसन्धान टोलीका अध्यक्ष डा म्याथ्यु पियर्सका अनुसार शारीरिक क्रियाकलापले मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ ।

डिप्रेसनले गर्दा निन्द्रा नलाग्ने, तौल बढ्नु, आखा कमजोर हुनु, थकाइ, काममा मन नलाग्नु  जस्ता समस्या हुन सक्छ । विश्वमा २८ करोड मानिस डिप्रेसनको चपेटामा छन् । यसले गर्दा उनीहरूलाई लामो समयसम्म निराश महसुस गर्छन । केही अध्ययनहरूका अनुसार, शारीरिक गतिविधि डिप्रेसन सग लड्न ‘एन्टी–डिप्रेसेन्ट’, औषधिहरू भन्दा बढी प्रभावकारी हुन्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!