कम्मरको बोसो बढ्दा हृदय घातको जोखिम बढ्न सक्छ


हृदय घातको धेरै कारण हुन सक्छन् । यस मध्ये कम्मरको बढ्दो बोसो पनि एक हो ।  अक्सफोर्ड युनिभर्सिटीमा हालै गरिएको एक अनुसन्धानमा मानिसको कम्मरमा बोसो बढ्नाले मुटु सँग सम्बन्धित समस्याको जोखिम १० प्रतिशतले बढ्न सक्ने बताएको छ ।

४० प्रतिशत सम्म बढी सम्भावना 

अनुसन्धानका अनुसार ४१ इन्च कम्मर भएका व्यक्ति लाई ३७ इन्च कम्मर भएका व्यक्तिको तुलनामा ४० प्रतिशत बढी मुटुको समस्या हुने सम्भावना हुन्छ । यसका साथ साथै, अनुसन्धानले पत्ता लगायो कि कम्मर बढी ठूलो भएका मानिसहरूमा अधिक तौल भएका मानिसहरूको तुलनामा हृदयघात हुने सम्भावना बढी हुन्छ।

अनुसन्धानमा देखियो 

अनुसन्धानका प्रमुख अनुसन्धान कर्ता डा अयोडिपुपो ओगुनटाडेका अनुसार बढी बोसो युक्त कम्मर भएको व्यक्तिमा उच्च बडी मास इन्डेक्स भएका व्यक्तिको तुलनामा हृदय घातको जोखिम ३.२१ गुणा बढी हुन्छ । जबकी यस पछि का श्रेणी भएका व्यक्तिमा यसको जोखिम २.६५ गुणा रहेको पाइएको थियो ।

मुटुको काममा प्रतिकूल असर

कम्मरमा बढेको बोसोले सम्बन्धित व्यक्तिमा भिसेरल (आन्द्रा) बोसो बढी भएको संकेत गर्छ। यो पेटको वरिपरि अत्याधिक बोसो को रूपमा जम्मा हुन्छ, जसका कारण रक्त नलीमा रगत को गतिमा अवरोध आउन थाल्छ । यसले मुटुको कार्य प्रणालीमा पनि असर पर्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!