पिम्पल (डन्डीफोर) र दागबाट पूर्ण राहत पाउन अपनाउनुस् नीमको पातका यी दुई उपाय


नीम को पातका प्राकृतिक गुणहरूले तपाई को छाला हेरचाह सँगै दिनचर्यामा महत्वपूर्ण भूमिका खेल्छ, विशेष गरी पिम्पल र कालो दागहरू हटाउन । नीम, जसलाई वैज्ञानिक रूपमा आजादिरैक्टा इडिका को रूपमा चिनिन्छ, पारम्परिक भारतीय र नेपाली चिकित्सा प्रणाली आयुर्वेद मा एक महत्वपूर्ण स्थान राख्छ ।

नीमका पातहरू शक्तिशाली एन्टिब्याक्टेरियल, एन्टी–इन्फ्लेमेटरी र एन्टिअक्सिडेन्ट गुणहरूको लागि परिचित छन् । यी गुणहरूले नीमको पातलाई पिम्पल (डन्डीफोर) र कालो दागहरू सहित विभिन्न छाला समस्याहरूको लागि प्रभावकारी प्राकृतिक उपचार बनाउँछ ।

छालाका लागि नीमको पातका फाइदाहरू –

जीवाणुरोधी (एन्टिब्याक्टेरियल) गुण– 

नीमको पातमा निम्बिन, निम्बिडिन र गेडुनिन जस्ता यौगिकहरू हुन्छन्, जसमा बलियो जीवाणुरोधी गुणहरू हुन्छन् । यी गुणहरूले पिम्पल र एक्ने  (खटिरा) निम्त्याउने ब्याक्टेरिया सँग लड्न मद्दत गर्छ ।

एन्टी इन्फ्लामेट्र्रि गुण– 

नीमको पातमा क्वेर्सेटिन र निम्बिडिन जस्ता एन्टि–इन्फ्लेमेटरी यौगिकहरू प्रशस्त मात्रामा पाइन्छ । यी यौगिकहरूले पिम्पल सँग सम्बन्धित सून्नाइ र रातो पनलाई शान्त पार्न सघाउँछ, छिटो निको पार्नु को साथै पिम्पल्स को पुनरावृत्ति लाई रोक्न मद्दत गर्दछ ।

एन्टिअक्सिडेन्ट गुण 

नीमको पातमा फ्लेभोनोइड्स र भिटामिन सी सहित एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ जसले छालालाई फ्री रेडिकलबाट हुने क्षतिबाट जोगाउन मद्दत गर्छ । यसको एन्टिअक्सिडेन्ट गुणहरूले कालो धब्बा, दाग र बुढेसकालका लक्षणहरू कम गर्न मद्दत गर्दछ, जसको परिणाम स्वरूप अनुहारको रङ्ग अझ निक्खर हुन्छ ।

पिम्पल र कालो दागको लागि नीमको पातको प्रयोग 

नीमको पातको पेस्टः 

  • एक मुठी ताजा नीम पातहरू मिक्सि को प्रयोग गरेर पिस्नु होस् ।
  • पिम्पल र कालो दागहरूमा वा सिधै प्रभावित ठाउँहरूमा नीमको पेस्ट लगाउनुस् ।
  • पेस्ट लाई १५–२० मिनेटको लागि छोड्नुहोस्, जसले गर्दा लाभकारी यौगिकहरू छालामा प्रवेश गर्न सकोस् ।
  • मन तातो पानीले धुनुहोस् र बिस्तारै सुकाउनुहोस् ।
  • राम्रो परिणामको लागि यो प्रक्रिया हप्तामा २–३ पटक दोहोर्याउनु होस ।

नीमको पातको पानी

  • एक मुठी नीमको पातलाई पानीमा १०–१५ मिनेट सम्म पानीको रँग हरियो नहो उन्जेल उमाल्नुस् ।
  • नीमको पातको पानीलाई चिसो पारेर छान्नुहोस् ।
  • नीमको पातको पानीमा कपास भिजाएर प्रभावित क्षेत्रमा लगाउनु होस ।
  • यसलाई १०–१५ मिनेट सम्म लगाएर छोड्नुहोस्, त्यसपछि यसलाई पानीले धुनु होस ।
  • आफ्नो अनुहार सफा गर्न र पिम्पल र कालो दागहरू कम गर्न दिनको दुई पटक यो नीमको पातको पानी प्रयोग गर्नुहोस् ।

सावधानी 

  • नीमको पात केही व्यक्तिहरूमा छाला को जलन वा एलर्जी प्रतिक्रियाहरू निम्त्याउन सक्छ ।
  • आफ्नो अनुहारमा नीमको पातको उपचार प्रयोग गर्नु अघि, छालाको अर्को भागमा सानो परीक्षण गर्नुहोस् ।
  • घाउ भएको छालामा नीमको पातहरू प्रयोग नगर्नुहोस्, किनकी यसले ती क्षेत्रमा थप जलन हुन सक्छ ।
  • यदि तपाइ कुनै प्रतिकूल प्रतिक्रिया वा लगातार छाला को समस्याहरू अनुभव गर्नुहुन्छ भने, प्रयोग बन्द गर्नुहोस् र छाला विशेषज्ञ सँग परामर्श लिनु होस ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!