‘मेरो पोषण साथी’ मोबाइल एप सार्वजनिक


काठमाडौं–मुलुकमा स्थानीय रूपले उत्पादन र खानाको समुचित प्रयोग नभएर पोषण को स्थिति कमजोर रहेको समय स्वास्थ्य, पोषण सम्बन्धी असल व्यवहार बारे जानकारी दिने ‘मेरो पोषण साथी’ मोबाइल एप सार्वजनिक भएको छ ।

स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले ‘मेरो पोषण साथी’ एपको आइतवार एक कार्यक्रममा शुभारम्भ गरेका हुन । यो एप गर्भवती तथा सुत्केरी महिला, २ वर्ष मुनीका बालबालिका का आमा बाबु वा स्याहार कर्ता तथा किशोर किशोरीहरू लाई लक्षित गरी बनाइएको हो ।एपमा उनीहरूले अपनाउनु पर्ने स्वास्थ्य तथा पोषण सम्बन्धी असल व्यवहारको विस्तृत जानकारी दिइएको छ ।

हाल मुलुकमा देखिएको पोषणको कमजोर स्थिति को कारण स्थानीय रूपले उत्पादन र खानाको समुचित प्रयोग नभएर पनि भएको स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. संगिता मिश्रले बताइन । घर मै भएको पोषण युक्त खानाको प्रयोग गर्न नपाइएको अवस्थामा यो एपले एउटा निकास दिने समेत डा.मिश्रले बताइन ।

स्वास्थ्य मन्त्री बस्नेतले डिजिटल हेल्थ लाई अगाडि बढाउन यो एपको धेरै महत्व रहेको जनाउँदै यसलाई सातै वटै प्रदेशमा अभियान को रूपमा लगिनु पर्ने जनाए ।

स्वास्थ्य सेवा विभाग को अनुसार स्वस्थ जीवन शैली, रोगहरूको रोकथाम तथा जोखिम पूर्ण व्यवहारको न्यूनिकरणको लागि डिजिटल माध्यमको प्रबर्द्धन तथा उपयोग गर्न ‘मेरो पोषण साथी’ मोबाइल एप निर्माण गरिएको हो ।

स्वास्थ्य सेवा विभागका महा निर्देशक डा.दिपेन्द्र रमण सिंह ले पोषणको क्षेत्रमा अझै गर्न धेरै वाकी रहेको अवस्थामा यो एपले जन सामान्यमा यसबारे सही जानकारी दिने बताए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!