कुन डाक्टर हुने छन् चिकित्सा शिक्षा आयोग को उपाध्यक्ष ?


काठमाडौं– चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा परेको १० मध्ये ९ जनाको दरखास्त स्वीकृत भए पछि कसले नियुक्ति पाउने चर्चा परिचर्चा शुरु भएको छ । आवेदन दिनेहरूमा नेपाली चिकित्सा जगतका दिग्गज नाम चलेका व्यक्तित्व हरू समेत छन् ।

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिको अनुसार डा.प्रविण मिश्र, डा.अन्जनी कुमार झा, प्रा.डा.मनेन प्रसाद गोर्खाली, प्रा.डा.संगिता सिंह भण्डारी, प्रा.डा.सुमनकुमार श्रेष्ठ, प्रा.डा.पियुष दहाल, डा.विधान निधि पौडेल डा.प्रमोद कुमार यादव, र प्रा.डा.श्रीकृष्ण गिरी को दरखास्त स्वीकृत भएको हो ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन अनुसार अव दरखास्त पेश गर्ने उम्मेदवारहरू मध्ये वाट चिकित्सा क्षेत्रमा विशिष्ट योगदान पुर्याएका चिकित्सकहरू मध्ये वाट सरकारले नियुक्त गरेको एक जना उपाध्यक्ष रहने प्रावधान छ । यस्तै आयोगमा पुरा समय काम गर्ने प्रमुख कार्यकारीको रुपमा उपाध्यक्ष रहने प्रावधान छ ।

लोक सेवा आयोग को अध्यक्षको नेतृत्वमा रहेको नाम सिफारिस समिति ले पेश भएका ९ वटा दरखास्त मध्ये योग्य ३ जना उम्मेदवार को नाम उपाध्यक्ष पदमा नियुक्तिको लागि सरकार समक्ष सिफारिस गर्ने छ । सरकारले सिफारिस भएका मध्ये वाट एक जना लाई उपाध्यक्षमा नियुक्त गर्ने प्रकृया रहेको छ । उपाध्यक्षको कार्यकाल ४ वर्ष को हुन्छ ।

डा.विरेन्द्र प्रसाद यादवले आवेदन सँगै पेश गरेको कागजात र उनले आफै पेश गरेको व्यक्तिगत विवरणमा उल्लेखित अनुभव अनुसार २० वर्षको कार्य गरेको अनुभव पुरा नभएकोले उनको दरखास्त अस्वीकृत भएको समितिले जनाएको छ ।

उक्त समिति ले गत साउन २६ गते उपाध्यक्षको लागि सूचना प्रकाशित गर्दे दरखास्त आव्हान गरेको थियो । आवेदनको अन्तिम दिन गत शुक्रवार सम्म १० जनाले आवेदन दिए पनि ९ जनाको मात्र स्वीकृत भएको हो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!