साँझ ७बजे अघि रातीको खाना खानु स्वस्थकर हुन्छ?


जर्नल अफ क्लिनिकल इन्डोक्राइनोलोजी एण्ड मेटाबोलिज्ममा प्रकाशित एक अध्ययन अनुसार ढिलो गरी राती को खाना खाना ले तौल वृद्धि हुन्छ र रगतमा चिनीको मात्रा समेत बिग्रिने खतरा रहन्छ ।

तपाई को दिनको अन्तिम खाना खाने सही समयको बारेमा कुनै पनि फिटनेस फ्रीकलाई सोध्नुहोस्, र तिनिहरूले तपाई लाई बेलुका छिटो खाना खानुको थुप्रै स्वास्थ्य लाभहरू बारे बताउने छन् ।

किनभने जर्नल अफ क्लिनिकल इन्डोक्राइनोलोजी एण्ड मेटाबोलिज्म मा प्रकाशित सन २०२० को अध्ययन अनुसार, ढिलो गरी बेलुकाको खाना खानु ले तौल बढ्छ र रगतमा चिनीको स्तर बिग्रने खतरा रहन्छ । यस्तो अवस्थामा बेलुका ७ बजे भन्दा अगाडि राती को खाना खानु को स्वास्थ्य लाभ बारे जानौं ।

राती छिटो को खाना खानुको फाइदा

बेलुका चाँडो खाना खादा तौल नियन्त्रण गर्न सकिने– केही स्वास्थ्य विज्ञहरूको सुझाव छ, तर खानाको समयको आधारमा मात्रै तौल घटाउन सकिन्छ, यसको ठोस प्रमाण भने अहिलेसम्म छैन तर चाडै खाना खानुका थुप्रै फाइदाहरू छन् ।

रगतमा चिनी नियन्त्रण गर्छ – बेलुकाको खाना चाँडै खादा इन्सुलिनको उत्पादनमा सुधार हुन्छ। बेलुकाको खाना चाँडै खादा तपाई को शरीरमा उच्च सुगर को जोखिम कम गर्छ । यसले ग्लाइसेमिक नियन्त्रणमा मद्दत गर्छ।

पाचन दुरुस्त रहन्छ – बेलुका चाँडो खाना खादा पाचन क्रिया राम्रो रहन्छ । अपच, पेट फुल्ने समस्या हुने छैन । साथै, तपाई को शरीर पनि राम्रो सँग डिटोक्स हुनेछ ।

मुटु स्वस्थ रहन्छ – अर्कोतर्फ, बेलुकाचाँडोखानाले मुटुको स्वास्थ्य पनि राम्रो रहन्छ । यसबाहेक, बेलुकाको खानाले तपाई कोमेटाबोलिकहर्मोनमा सुधार गर्छ ।

निन्द्रा राम्रो हुन्छ – बेलुकीको खाना चाँडै खादा शरीर राति आरामको अवस्था आउँछ, जसका कारण निद्रामा गडबड हुँदैन ।

(अस्वीकरणः यो सामग्रीले सल्लाह सहित सामान्य जानकारी मात्र प्रदान गर्दछ। यो कुनै पनि हिसाबले योग्य चिकित्सा रायको विकल्प होइन। थप विवरणहरूको लागि सधैँ एक विशेषज्ञ वा डाक्टर सँग परामर्श लिनु होस । नेपाल हेल्थ प्रेसले यस जानकारीको लागि जिम्मेवारी दाबी गर्दैन ।)


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!