दैनिक एस्पिरिन लिने मुटु रोगीहरूमा दोस्रो पटक एटैक वा स्ट्रोकको जोखिम कम : अध्ययन


हालै द जर्नल अफ अमेरिकन मेडिकल एसोसिएसन (जामा) मा प्रकाशित एक अध्ययन अनुसार, एस्पिरिन सेवन गर्ने हरूमा दोस्रो पटक हृदयघात वा स्ट्रोकको जोखिम उल्लेखनीय रूपमा कम हुन्छ ।

मुटु रोगीले धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ । एक पटक हृदयाघात भएका बिरामीमा नयाँ हृदयघातको खतरा रहन्छ । यसबाट बच्न मानिसहरूलाई औषधि दिइन्छ। प्रकाशित अध्ययन अनुसार, जसले हृदयको लागि एस्पिरिन नियमित रूपमा सेवन गर्छ, दोस्रो पटक हृदयघात वा स्ट्रोकको जोखिम उल्लेखनीय रूपमा कम हुन्छ। यसले नयाँ हृदयाघात र स्ट्रोक को जोखिम कम गर्दछ ।

यो अध्ययन गर्न अनुसन्धान कर्ताहरूले केही हृदय रोगीहरूलाई ८ वर्षसम्म नजिकबाट निरीक्षण गरे। अनुसन्धान कर्ताहरूको उद्देश्य लगातार एस्पिरिन लिने व्यक्तिहरूमा स्ट्रोक र हृदयघातको जोखिम बारे जान्नु थियो। यो अध्ययनमा एस्पिरिन बाहेक अन्य रगत पातलो गर्ने औषधी लिने मानिसहरूलाई समावेश गरिएन ।

२ वर्षमा, लगभग ९० प्रतिशत मानिसहरूले यो औषधि लिइरहेका थिए। एकै समयमा, अन्वेषकहरूले पत्ता लगाए कि एस्पिरिन लिने बिरामीहरूमा एस्पिरिन नलिने बिरामीहरूको तुलनामा नयाँ हृदयघात, स्ट्रोक वा मृत्युको जोखिम कम थियो।

एस्पिरिन लिनु अघि डाक्टरसँग परामर्श लिनुहोस्

एस्पिरिन हृदय रोगीहरूको लागि प्रभावकारी साबित हुन्छ, तर यो सबैको लागि होइन। यसको बेफाइदा पनि कतिपय मानिसमा देख्न सकिन्छ । यसको उच्च मात्रा लिदा सुस्ती, टाउको दुख्ने, मेटाबोलिज्म सँग सम्बन्धित समस्याका साथै पेट र मृगौला सग सम्बन्धित समस्या हुन सक्छ। यो खादा कहिलेकाहीँ आन्द्राको जलन पनि हुन सक्छ ।

हृदयघातबाट बच्ने उपाय 

हृदयघातबाट बच्न नियमित व्यायाम र योग गरौँ । शारीरिक रूपमा सक्रिय भएर पनि यो समस्याबाट बच्न सकिन्छ । यस्तो अवस्थामा मोटो पना नियन्त्रण गर्नु पनि निकै जरुरी हुन्छ । हृदयघातबाट बच्नको लागि, तपाई ले प्रशोधित र जंक फुडबाट टाढा रहनु पर्छ र स्वस्थ आहार जस्तै फलफूल, तरकारी वा नट आदि खानु पर्छ। यस्तो अवस्थामा धूम्रपान र रक्सी पिउने बानी कम गर्नुहोस्।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!