प्रत्यारोपण केन्द्रको सेवा संरचना विस्तारको लागि जग्गा उपलब्ध गराउन डा. पुकारको अनुरोध


भक्तपुर– शहीद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठले केन्द्रका भौतिक संरचना र सेवा विस्तारको लागि पायक पर्ने स्थानमा आवश्यक जग्गा उपलब्ध गराउन भक्तपुर नगरपालिका भित्रका सबै तहलाई अनुरोध गरेका छन् ।

मस्तिष्क मृत्यु पछि हुने अङ्ग दान बाट प्रत्यारोपण सम्बन्धी जानकारी गराउने उद्देश्य ले आइतवार भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर जिल्लाका चार वटै नगरपालिका नगर प्रमुख र वडा अध्यक्ष सम्मको उपस्थितिमा राष्ट्रिय प्रत्यारोपण केन्द्रले विश्व अङ्ग दान दिवस सम्बन्धी आयोजना गरेको कार्यक्रममा डा.पुकारले उक्त अनुरोध गरेका हुन ।

स्थानको चरम अभाव भए पनि केन्द्र ले नेपालमै पहिलो कलेजो प्रत्यारोपण, एकै दिन ४ जना जीवित व्यक्तिको मिर्गौला प्रत्यारोपण र मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्गबाट मिर्गौला र कलेजो प्रत्यारोपण को साथै १० वर्षको अवधिमा झन्डै १ हजार १ सय जनामा ९९ प्रतिशत सफलताका साथ मिर्गौला प्रत्यारोपण गरेको छ ।

तर उपयुक्त भौतिक संरचना र सेवा विस्तार को अभावमा यो केन्द्रले हाल सम्म आफ्नो उच्चतम क्षमता अनुसार प्रदर्शन गर्न नसकेको दुखेसो डा.पुकारको छ ।

प्रत्येक १० मध्ये १ जनामा मिर्गौला रोग 

पश्चिमा मुलुकमा मस्तिष्क मृत्यु पश्चात् प्राप्त अङ्गबाट ७० प्रतिशत भन्दा बढी प्रत्यारोपण हुने गरे पनि सार्क राष्ट्र हरूमा ब्रेन डेथ पछि हुने अङ्ग दान तथा प्रत्यारोपण कम मात्रामा हुने गरेको छ ।

नेपाल जस्तो गरिब मुलुकमा जीवित व्यक्तिबाट अंग निकाली अर्को व्यक्तिमा अंग प्रत्यारोपण गर्नु पर्दा दोहोरो खर्च हुने हुँदा बढी खर्चिलो पर्न गएको छ ।

यदि मस्तिष्क मृत्यु पछि हुने अङ्ग दान बाट प्रत्यारोपण हुन सके खर्च कम हुनका साथै जीवित व्यक्तिबाट अङ्ग झिक्न नपर्दा उसको स्वास्थ्यमा आउन सक्ने समस्या समेत नरहने डा पुकार ले बताए ।

प्रत्येक १० जना मध्ये १ जनलाई मिर्गौला रोग लाग्ने गर्दछ र विश्वभरि नै मिर्गौला रोगको प्रकोप बढी रहेको परिप्रेक्षमा रोगको पहिचान तथा उपचार र रोकथामका महत्वपूर्ण उपायहरूबारे सबैलाई सचेत गराउन पर्ने आवश्यक छ ।

नेपालमा बर्सेनि करिब ३ हजार जनाको मिर्गौला फेल हुने गरेको र उनीहरू मध्ये केहीको अङ्ग नपाएर अकालमा मृत्यु हने गरेको केन्द्रका प्रमुख कन्सल्टेन्ट नेफ्रोलोजिष्ट डा कल्पना कुमारी श्रेष्ठले बताइन । उनले अङ्ग दान सम्बन्धी जन चेतना विस्तारमा स्थानीय तहको भूमिका अत्यन्त महत्वपूर्ण हुने समेत उल्लेख गरिन ।

भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगर भित्र अङ्ग दान सम्बन्धमा व्यापक जन चेतना जगाउन आफूले प्रयास गर्ने र अङ्ग दान क्षेत्रमा एउटा नमुना नगरपालिकाको रूपमा स्थापित हुने बताए । नगर प्रमुख प्रजापतिले नेपाली जनतालाई सर्व सुलभ रूपमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न भक्तपुर नगरमा रहेका स्वास्थ्य संस्थाको विकासमा सधैँ सहयोग गर्न नगरपालिका प्रतिबद्ध रहेको समेत उल्लेख गरे ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!