नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणः सांसद सुनिल शर्मा सहित पाँच चिकित्सक पक्राउ


काठमाडौं — नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा सांसद सुनिल कुमार शर्मा सहित पाँच जना पक्राउ परेका छन् । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख, प्रहरी अतिरिक्त महा निरीक्षक किरण वज्राचार्यले सांसद सुनिल शर्मा लगायत पाँच जना पक्राउ परेको जनाएका हुन ।

पक्राउ पर्ने मा डा. शर्मा सहित त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा अमित चौधरी , पिपरा–८महोत्तरी का डा रञ्जित यादव, रौतहटका डा राम बाबु यादव र डा एलिना साह रहेका छन् । पक्राउ परेका हरू विभिन्न अस्पताल, मेडिकल कलेजमा कार्यरत रहेका थिए ।

डा.शर्मा पक्राउ परेको विषयमा सीआईबीले संसद् सचिवालयलाई दिउसै जानकारी समेत गराएको थियो । उनलाई काठमाडौंको गोल्फु टारबाट पक्राउ गरेको थियो ।

कतिपय डाक्टरले भारतीय नक्कली प्रमाणपत्र पेस गरी मेडिकल काउन्सिलमा दर्ता भएको एवं काउन्सिल को चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा सहभागी भएको पाइएका ले आवश्यक अनुसन्धान को लागि काउन्सिलबाट आएको सूचनाका आधारमा प्रहरीले बिहीवार ‘फोक्स ट्र्रोट चार्ली’ अपरेशन चलाएको थियो । पक्राउ परेकाहरू माथि शैक्षिक प्रमाणपत्र किर्तेमा अनुसन्धान भइरहेको छ । उनीहरूलाई ब्यूरोले लाजिम्पाट स्थित नयाँ कार्यालय मा राखेको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!