चिनी युक्त खाने कुरा त्याग्दा मिर्गौलाको पत्थरी बाट बचाउ


फ्रन्टियर्स इन न्युट्रिसनमा हालै प्रकाशित अनुसन्धानका अनुसार चिनी युक्त खाने कुरा त्याग्दा वा कम गर्दा मिर्गौलाको पत्थरीबाट बच्न सकिन्छ । बढी चिनी खानु स्वास्थ्यको लागि धेरै प्रकार ले हानिकारक हुन सक्छ ।

यसले मोटो पना, उच्च रक्तचापका साथै छालाको समस्या निम्त्याउन सक्छ, तर यदि तपाइ आफ्नो नियमित खानामा चिनीको मात्रा कम गर्नुहुन्छ भने यसले धेरै स्वास्थ्य लाभहरू प्राप्त गर्न सकिन्छ ।
फ्रन्टियर्स इन न्युट्रिसनमा प्रकाशित अनुसन्धान अनुसार चिनी युक्त खानेकुरोलाई छाडेर वा पूर्णतया कम गर्दा मिर्गौलाको पत्थरीबाट बच्न सकिन्छ। चिनी र क्यालोरीक स्विटनर्स स्वास्थ्यलाई हानी पुर्याउन सक्छ।

मिर्गौला को पत्थरीको जोखिम ८८ प्रतिशत सम्म बृद्घि

अनुसन्धानका अनुसार मात्र खाने कुरामा मात्र नभई पेय पदार्थमा समेत अतिरिक्त स्वीटनर्स(गुलियो पदार्थ) मिसाइएको हुन्छ, जस लाई पिउनाले यो समस्या हुन सक्छ ।
इनर्जी ड्रिंक्स सम्बन्धमा केही व्यक्तिमा गरिएको अनुसन्धानमा इनर्जी ड्रिंक सेवन गर्नेहरूले चिनीबाट मात्रै २५ प्रतिशत सम्म ऊर्जा प्राप्त गर्न सकियो । जबकी यी व्यक्तिमा चिनीका कारण मिर्गौलाको पत्थरी हुने जोखिम ८८ प्रतिशत सम्म बढेको थियो । अनुसन्धानका अनुसार चिनीले मृगौलाको पत्थरी मात्र नभई मोटोपना र रक्तचाप बढाउन पनि काम गर्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!