गाई, भैँसी को दूधभन्दा बाख्रीको दूध बढी फाइदा जनक, जान्नुहोस् यसका ६ फाइदा


मानिसहरू स्वास्थ्यका लागि गाई वा भैँसीको दूध पिउने गर्छन् । तर के तपाईंलाई थाहा छ गाई र भैँसीको दूध भन्दा बाख्रीको दूध बढी फाइदा जनक हुन्छ । यसले शारीरिक र मानसिक दुवै स्वास्थ्य मा सुधार गर्छ ।

  • बाख्रीको दूधमा राम्रो मात्रामा म्याग्नेसियम पाइन्छ, जुन मुटुका लागि विशेष रुपमा फाइदा जनक मानिन्छ । म्याग्नेसियम मुटुको धड्कनलाई सन्तुलनमा राख्न सहयोगी हुन्छ । यसबाहेक डाक्टरहरूका अनुसार यसमा कोलेस्ट्रोलको मात्रा समेत कम मात्रामा पाइन्छ।
  • बाख्रीको दूधमा एन्टी–इन्फ्लेमेटरी गुणहरू पाइन्छ, जसले तपाईंको शरीरको सुन्नाइ कम गर्न मद्दत गर्न सक्छ ।
  • बाख्रीको दूध सजिलै पच्छ । बाख्रीको दूधमा पाइने प्रोटिन गाईको दूधमा पाइने प्रोटिन भन्दा छिटो पचिन्छ । यसमा कम मात्रामा ल्याक्टोज हुन्छ। यसले पेटलाई स्वस्थ राख्न मद्दत गर्छ ।
  • यसले हड्डीलाई पनि बलियो बनाउँछ । यसमा राम्रो मात्रामा क्याल्सियम पाइन्छ । यसमा म्याग्नेसियम र फस्फोरस पनि पाइन्छ, यी सबै तत्त्वले हड्डीलाई स्वस्थ राख्ने काम गर्छ।
  • बाख्रीको दूधले शरीरको विकास सँगै मस्तिष्कको विकासलाई पनि सघाउँछ । यसमा लिनोलिक एसिड पाइन्छ । लिनोलिक एसिडले मस्तिष्कको विकासलाई बढावा दिने काम गर्छ । यसले चिन्ता हटाउन पनि मद्दत गर्छ ।
  • बाख्रीको दूध भिटामिन ए को उच्च स्रोत हो । यदि यसलाई दैनिक सेवन गरिए मोतीबिन्दु जस्ता रोगहरूको जोखिम कम गर्न सकिन्छ।

 


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!