यो ८ बानी ले, तपाइको उमेर २० वर्ष सम्म बढाउन सकिन्छ, ७ लाख व्यक्तिको तथ्याङ्क विश्लेषणको नतिजा


हामी सबै को एउटै चाहना हुन्छ, लामा समय सम्म स्वस्थ जीवन बाच्नु । यस्तो अवस्थामा केही बानी ले तपाई लाई सघाउन सक्छ । एउटा अध्ययन अनुसार आफ्नो जीवन शैलीमा ८ वटा परिवर्तन गर्नाले तपाइको उमेरमा २० वर्ष सम्म थपिन सक्छ । जीवन शैलीमा यो ८ बानी जवानीमा अँगाल्दा समेत आगामी जीवनलाई यो स्वस्थ बनाउन सक्छ र उमेरलाई करिब २० वर्ष सम्म बढाउन सक्छ ।

जुनसुकै उमेरमा पनि फायदा

अमेरिकी वेटेरन अफेयर्स को अनुसन्धान कर्ताहरू दैनिक जीवनमा स्वस्थ बानी लाई सामेल गर्दा सार्वजनिक स्वास्थ्य र हाम्रो सम्पूर्ण जीवन मा धेरै सकारात्मक प्रभाव पर्छ । यो अध्ययनमा यी कुराहरूमा वल गरिएको छ की ४०, ५० या ६० को दशकमा पनि जीवन मा मामुली परिवर्तन गर्नाले धेरै हद सम्म फायदा हुन सक्छ ।

७ लाख व्यक्तिको तथ्याङ्क विश्लेषण

यो अध्ययन लाई सन २०११ देखी सन २०१९ सम्म गरियो । यो समयमा जति पनि व्यक्ति जो ४० देखी ९९ वर्ष सम्मका थिए र भेटरेन्स अफेयर्स को मिलियन भेटरन प्रोग्राम मा दर्ता थिए, उनीहरू लाई सामेल गरियो । यसमा करिब ७ लाख व्यक्तिको मेडिकल रेकर्ड (चिकित्सा अभिलेख) वाट तथ्याङ्क जम्मा गरिएको थियो । यो अध्ययन को समय ३३ हजार ३ सय ७५ जना सहभागीको मृत्यु भयो ।

२० देखी २२ वर्ष सम्म बढ्न सक्छ उमेर

थुप्रै जीवन शैली कारक को संयोजन ले उमेरमा धेरै प्रभाव पर्छ । र यही कारणले गर्दा व्यक्तिको लामो उमेर समेत भयो । जो व्यक्तिले यी ८ बानी लाई अपनाए उनीहरू लाई बढी फायदा मिल्यो । जहाँ पुरुषलाई ४० वर्षको उमेरमा उनीहरूको २३.७ वर्ष अझ बढ्यो त्यही महिलाहरू को केस मा २२.६ वर्ष बढ्यो ।

के हो उमेर बढाउने ८ बानी

  1. राम्रो खानुस् –सन्तुलित र पौष्टिक आहार पकाउनुस् र खानुस्
  2. चुरोट, धुमपान वाट बाँच्नुस्– धुमपान वाट बाँच्नुस् र तमाखुको सम्पर्कमा आउन कम गर्नुस्
  3. राती राम्रो निन्द्रा लिनुस् –आराम दायक र पर्याप्त निन्द्रा लाई प्राथमिकता दिनुस्
  4. शारीरिक रूपले सक्रिय रहनूस् –नियमित शारीरिक व्यायाम र फरक फरक क्रियाकलाप अवश्य गर्नुस्
  5. तनाव प्रबन्धन – प्रभावकारी तनाव प्रबन्धन (म्यानेजमेन्ट) टेक्निक अपनाउनुस् र यसमा ध्यान दिनुस्
  6. मदिरा सेवन वाट बाँच्नुस् –मदिराको सेवन सीमित गर्नुस् र बढी मदिरा सेवन वाट बाँच्नुस्
  7. ओपियोइड (दुखाई नाशक) अम्मल वाट मुक्त रहनूस्– ओपियोइड नसिलो औषधि को उपयोग र अम्मल वाट बाँच्नुस्
  8. सकारात्मक सम्बन्ध राख्नुस– अर्को व्यक्ति सँग सकारात्मक सम्बन्ध बनाइ राख्नुस्

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!