के अव उपचारको लागि विदेश जाने क्रम रोकिन्छ ? वीरमा ५ शय्याको भीआइपी, भीभीआइपी कक्ष


काठमाडौं – वीर अस्पतालले विशिष्ट व्यक्तिहरु का लागि थप शैया, सुविधा सहित भिआईपी र भिभिआईपी कक्ष मंगलवार देखी सञ्चालनमा ल्याए पछि  अव उपरान्त उपचारको लागि विशिष्ट व्यक्तिहरूको विदेश जाने क्रम रोकिन्छ, भन्ने प्रश्न उठेको छ । विशिष्ट व्यक्तिहरूको कक्षमा ३ शय्या भीआइपी र २ शय्या भीभीआइपी को लागि छुट्टाइएको हो ।

अस्पताल प्रशासनको अनुसार विरको भीभीआइपी कक्षको शय्यामा पछिल्लो ३६ वर्ष देखी कुनै विरामी भर्ना भएको छैन । स्वर्गीय राजा विरेन्द्र बिरामी हुँदा भर्ना भए उपरान्त हाल सम्म उक्त सैयया खाली नै छ । यस्तै ठूला ठालु नेताहरू समेत बहिरंग विभाग वाट सेवा लिए पनि भिआइपी कक्षमा भर्ना नै भएर उपचार गराउन आएका छैनन् ।

वीरको पुरानो भवनमा पहिले देखि नै भिआईपी र भिभिआईपीका लागि दुई शय्या छुट्टाइए पनि हाल नयाँ सर्जिकल भवनमा ३ शय्या थप गरेर कुल ५ शय्या क्षमताको भिआईपी र भिभिआईपीका लागि कक्ष निर्माण गरेर सञ्चालन गरिएको हो । स्वास्थ्य  मन्त्री मोहन बहादुर बस्नेतले मंगल वार भिआईपी र भिभिआईपी कक्षको अवलोकन गरे पछि उक्त कक्ष सञ्चालनमा आएको हो ।

भिआईपी र भिभिआईपीको जुन सुकै उपचार पनि नेपालमै गर्न सकिने मान्यताका साथ वीरमा रहेको भिआईपी र भिभिआईपी कक्षको सुविधा र शय्या संख्या थप गरेर सञ्चालनमा ल्याइएको स्वास्थ्य मन्त्री बस्नेतले बताए ।

सरकारी खर्चमा विदेशमा गएर उपचार गर्ने चलन रोक्न वीरमा हाल चालिएको कदम प्रभावकारी हुने र सबै भिआईपी, भिभिआईपीले नेपालमै उपचार गर्ने सुविधा वीरमा उपलब्ध गराएको मन्त्री बस्नेतले दाबी गरे ।

भीआइपी उपचारको लागि १५ सदस्यीय चिकित्सा टोली

वीरमा भिआईपी र भिभिआईपी उपचारका लागि सरकारी र निजी क्षेत्रका गरि १५ सदस्यिय विशेषज्ञ चिकित्सक टोली समेत बनाइएको छ । उक्त टोली ले नै उपचार गर्ने औँल्याउँदै स्वास्थ्य मन्त्री ले अव उपचारका लागि कोही पनि विदेश जानु नपर्ने बताए ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स ) का उपकुलपति प्रा. डा. भुपेन्द्र कुमार बस्नेतको संयोजकत्वमा गठन भएको भिआईपी तथा भिभिआईपी उपचार विशेषज्ञ समितिमा डा. किरण श्रेष्ठ, डा. धुर्व गैरे, डा. रविराम श्रेष्ठ, डा. शैली प्रधान, डा. भगवान कोइराला, डा. पुकार चन्द्र श्रेष्ठ, डा. महेश अधिकारी, डा. सुभाष आचार्य, डा. सन्दुक रुइत, डा. शशी शर्मा, डा. रत्न गजुरेल, डा. भोला रिजाल, डा. मन बहादुर केसी, डा. रमेश चोखानी छन् ।

उपचार कक्षमा आवश्यक उपकरण सहित अतिथि सत्कार कक्ष, आगन्तुक प्रतीक्षालय सहित भान्सा कोठा समेत को सुविधा छ । वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले भिआईपी तथा भिभिआईपी कक्ष सञ्चालनमा आए पछि उपचारका लागि विदेश जाने चलन कम हुने विश्वास व्यक्त गरे ।

उच्च स्रोतको अनुसार स्वास्थ्य मन्त्री बस्नेत ले राज्यको खर्चमा विदेशमा उपचार गराउन जानेहरु लाई विशेषज्ञ उपचार टोलीले मुलुकमा नै उपचार हुन नसक्ने निर्क्योल गरे मात्र जान दिइने प्रावधान लागू गराउन प्रयास रत छन् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!