हेल्थ असिस्टेन्ट, पीसीएल नर्सिङ, र फार्मेसी असिस्टेन्टको शुल्क वृद्धि स्थगित


काठमाडौं– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले प्रमाणपत्र तह को सामान्य चिकित्सा (एचए) , नर्सिङ र डिप्लोमा इन फार्मेसी विषय अध्ययनका लागि गरेको शुल्क वृद्धि लाई स्थगित गरेको छ ।

चिकित्सा शिक्षा एवं सेवा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा आयोगको परामर्श नगरी सीटीईभीटीले गरेको शुल्क वृद्धि  को निर्णय गलत रहेको जनाउदै खारेजीको माग गरेका थिए ।

सीटीईभीटी को परिषद्को स्तर निर्धारण तथा सम्बन्धन महाशाखा वाट गत असार २९ गते तीन विषयको शुल्क समायोजन बारे सूचना प्रकाशित गरिएको थियो ।

सीटीईभीटीले नर्सिङको १ लाख ४९ हजार २ सय ३०, हेल्थ असिस्टेन्ट (एचए) को १ लाख १९ हजार र फार्मेसीको ८६ हजार ५ सय रुपैयाँ शुल्क वृद्धि गरेको थियो । तर अव बढेको शुल्क कार्यान्वयन हुने छैन ।

शुल्क वृद्धि पछि प्रमाणपत्र तह नर्सिङका लागि ६ लाख २४ हजार २ सय ३०, हेल्थ असिस्टेन्ट तर्फ ५ लाख २३ हजार ८ सय २० र फार्मेसी असिस्टेन्टका लागि ४ लाख २३ हजार ६ सय ६० रुपैयाँ शुल्क पुगेको थियो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!