विपन्न, पिछडिएका निःसन्तान दम्पती लाई निःशुल्क टेस्ट ट्युब वेवी सेवा


काठमाडौं– विपन्न तथा पिछडिएका वर्ग का तिन जना निःसन्तान दम्पती लाइ वर्षेनी निःशुल्क आइभिएफ (टेस्ट ट्युब वेवी ) सेवा उपलब्ध गराउने स्लाभिका आईभिएफ केन्द्र ले जनाएको छ ।

उक्त वर्ग आइभिएफ सेवा को महँगो प्रविधि धान्न नसक्ने हुँदा पैसाको अभावमा सन्तान सुख वाट वञ्चित हुनु नपरोस् भनेर निःशुल्क सेवा उपलब्ध गराइने भएको हो ।

केन्द्र प्रत्यारोपण अगाडि नै आनुवांशिक स्क्रिनिङ सेवा सहित को नेपालमा पहिलो आईभिएफ सेन्टर हो । स्त्री र पुरुष मा हुने बाझो पन सम्बन्धी सबै उपचार सेवा दिने केन्द्र मा नै भ्रूण को बायोप्सी सेवा उपलब्ध रहेकोले बिरामी लाई सस्तो पर्ने बताइएको छ ।

हाल सम्म मुलुकमा भएका अन्य सबै आइभिएफ केन्द्र मा बायोप्सी गर्न विदेश बाटै विज्ञ आउने गरेका ले यो सेवा बिरामी लाई महँगो पर्ने गरेको बुधवार सिनामंगल स्थित केन्द्रको उद्घाटन समारोह मा बताइएको हो ।

यति मात्र नभइ केन्द्र मा वंशानुगत रोग मुक्त सन्तान पाउन परामर्श तथा निदान सम्बन्धी उपचार सेवा समेत उपलब्ध छ । केन्द्र ले मेडिकल, छाला रोग, स्त्री तथा प्रसुती, रक्त विज्ञान, अन्तःस्रावी ग्रन्थी, तथा शल्यक्रिया सम्बन्धी बहिरंग विभाग लगायतका सेवा सञ्चालन गरेको छ । केन्द्र मा आइभिएफ को लागि चाहिने हरेक विधा का विज्ञहरू रहेका छन ।

केन्द्रका अध्यक्ष एवं भ्रूण विशेषज्ञ डा.अजय जंग कुँवर ले भ्रूण, डिम्ब, शुक्रकीट आदि लाई चिस्यान सहित लामो समय सम्म केन्द्र मा सुरक्षित राख्ने काम समेत हुने बताए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस

error: Content is protected !!