स्वास्थ्य सेवा प्रवेशको उमेर हद ४५ वर्ष सम्म हुनु पर्ने


काठमाडौं– नेपाल चिकित्सक संघले स्वास्थ्य सेवामा प्रवेश गर्न इच्छुक अधिकृत स्तरका स्वास्थ्यकर्मी र चिकित्सकहरूको उमेर हद ४५ वर्ष सम्म कायम हुनु पर्ने जनाएको छ ।

चिकित्सक संघ का महासचिव डा.संन्जिव तिवारीले प्रेस विज्ञप्ति जारी गर्दे स्वास्थ्य सेवा ऐन २०५३ को दफा १२ (ग) मा तोकिए अनुसार उमेर हद ४५ वर्ष सम्म कायम हुनु पर्ने सरकार तथा सरोकारवाला निकाय लाई ध्यानाकर्षण गराएका छन ।

प्रदेश सरकारहरूले पदपूर्ति सम्बन्धी सूचना सार्वजनिक गरिरहेको मा ती पदपूर्ति सम्बन्धी सूचनालाई विद्यमान स्वास्थ्य सेवा ऐन २०५३ को भावना र मर्म बमोजिम सम्बोधन गर्ने गरी अविलम्ब प्रकाशित बिज्ञापनलाई परिमार्जन गरी प्रकाशित को लागि समेत चिकित्सक संघले अनुरोध गरेको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!