पुरुषको लागि बुवा बन्ने सही उमेर कुन हो ?


विज्ञहरूको अनुसार उमेर मा बृद्घि सँगै पुरुषको शुक्राणु को गुणस्तर खराब हुन्छ । यसैले जैविक दृष्टिकोणले महिला जस्तै पुरुषमा समेत बुवा बन्ने उपयुक्त उमेर हुन्छ । यद्यपि पुरुषको सम्पूर्ण जीवन शुक्राणु उत्पादन गर्ने क्षमता कायम रहन्छ । तर यसको गुणस्तर खराब भइहाल्छ ।

उमेर २० औं वर्ष देखी लिएर ३० औ वर्ष सम्म पुरुष धेरै सजिलै बुवा बन्ने विज्ञहरू बताउँछन् । चार दशक नाघे पछि समस्या ४० को उमेरमा पुग्दा पुग्दै र यस पछि धेरै पुरुषहरूमा इनफर्टिलिटी (बाँझोपन) सँग जोडिएको समस्या आउन थाल्छ र बुवा बन्नमा समस्या हुन्छ । ४० वर्ष पछि शुक्राणु माथि वातावरणको असर पर्न थाल्छ र यसमा आनुवंशिक उत्परिवर्तन (जेनेटिक म्युटेसन) हुन्छ जसले गर्दा डीएनए क्षतिग्रस्त हुन्छ । यसले गर्दा प्रजनन क्षमताको सम्भावना कम गर्छ ।

४० पछि बुवा बन्दा

४० को उमेर पछि शुक्राणु को गुणस्तर र डीएनए क्षतिग्रस्त हुने कारणले बुवा बने पछि यी बच्चाहरूमा मस्तिष्क सँग जोडिएको विकास कम हुन्छ । यसले गर्दा न्युरोलोजिकल (स्नायु सँग सम्बन्धित) समस्या जस्तै अटिज्म को समस्या हुन सक्छ ।

कसरी हटाउने बाँझोपना

बुवा बन्नको स्वस्थ शुक्राणु चाहिन्छ । सँगै बाँझोपना को मुद्दा सँग वाट मुक्ति पाउनको लागि सकारात्मक र स्वस्थकर जीवन शैली अपनाउनु पर्छ ।

धुमपान बन्द गरौं

धुमपानको अम्मली हरूलाई धुमपान नगर्ने को तुलनामा शुक्राणु कम हुन्छ । कुनै पनि रूपमा उपयोग गरिने तमाखु र धुमपान बन्द गर्दा शुक्राणुको गुणस्तरमा सुधार हुन थाल्छ ।

मोटो पना

मोटोपनाले समेत प्रजनन क्षमता प्रभावित हुन सक्छ । मोटो व्यक्ति को लागि शुक्राणु को गुणस्तर मा कमी एउटा समस्या हो । यसले बुवा बन्न समस्या हुन सक्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस

error: Content is protected !!