नारायणी अस्पतालको सरसफाइ साउन देखी वीरगन्ज महा नगरपालिकाले गर्ने


वीरगन्ज– वीरगन्ज महा नगरपालिकाले साउन १ गते देखी नारायणी अस्पतालको सरसफाइ गर्ने भएको छ । नारायणी अस्पताल र वीरगन्ज महा नगरपालिका बिच साउन १ गते देखी २०८१ साल असार ३१ गते सम्म सरसफाइ सम्बन्धी सम्झौता भएको हो ।

उक्त सम्झौता अनुसार नारायणी अस्पतालको बाहिरी सरसफाइ जस्तै ( शौचालय, बरन्डा, भर्याङ, अस्पताल परिसर तथा प्रशासनिक भवन) समेतको जिम्मेवारी वीरगन्ज महा नगरपालिकाको हुनेछ । अस्पतालको शल्यक्रिया कक्ष र वार्ड भित्रको सरसफाइ तथा फोहर व्यवस्थापनको जिम्मेवारी नारायणी अस्पताल कै हुनेछ ।

यस्तै सरसफाइका लागि वीरगन्ज महा नगरपालिका बाट खटिने सरसफाईकर्मी र नारायणी अस्पतालमा कार्यरत सम्पूर्ण सरसफाईकर्मीको अनुगमन, नियन्त्रण र हाजिरी प्रमाणित वीरगन्ज महा नगरपालिकाले गर्नेछ ।

नारायणी अस्पताल परिसरमा जथाभावी फोहर गर्ने उपर वीरगन्ज महा नगरपालिकाको फोहर मैला व्यवस्थापन ऐन २०७५ बमोजिम दण्ड जरिबाना तथा कारबाही समेत गरिनेछ ।

अस्पताल सरसफाइ सम्बन्धी उक्त सम्झौतामा महा नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल र नारायणी अस्पताल, वीरगन्ज का मेडिकल सुपरिटेन्डेन्ट डा. चित्तरन्जनसाह ले हस्ताक्षर गरेका छन् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!