प्रधानमन्त्री पुष्पकमल दहाल की पत्नी सीता दाहालको निधन


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड की पत्नी सीता दाहालको बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको छ ।६९ बर्षीय सीता दहाल लामो समय देखि वंशाणुगत पार्किन्सन जस्तो देखिने रोगबाट पीडित थिइन ।

स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई बुधबार बिहान नर्भिक अस्पताल लगिएको थियो ।प्रधानमन्त्रीका निजी चिकित्सक डा. युवराज शर्माका अनुसार सीता दाहाललाई बुधबार बिहान ८ बजे हर्ट एटैक भएपछि नर्भिक लगिएको थियो र उपचारकै क्रममा ८ बजेर ३३ मिनेट जाँदा निधन भएको हो ।

सीता दाहाल नेकपा माओवादी केन्द्रकी सल्लाहकार समेत थिइन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार श्रद्धाञ्जलीका लागि सीता दाहालको पार्थिव शरीर बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडा, कोटेश्वरमा राखिनेछ । अन्तिम संस्कार दिउँसो २ बजे पशुपति आर्यघाटमा गरिनेछ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!