बीरमा एकै दिन थपिए २४५ नर्स


काठमाडौं– मुलुक सबै भन्दा जेठो वीर अस्पतालमा सोमवार २ सय ४५ जना नयाँ नर्स लाई पदस्थापन गरिएको छ । लोक सेवा आयोगको लिखित र अन्तर्वार्ता उर्तीण गरेर आएका २ सय ९५ नर्स मध्ये स्वास्थ्य मन्त्रालयले २ सय ४५ जनालाई वीर अस्पतालमा पदस्थापन गरेको हो भने बाकी ५० जनालाई संघीय सरकारी अस्पतालमा खटाएको छ ।

पदस्थापन गर्न लागेका नर्स हरूलाई स्वास्थ्य मन्त्रालयमा बोलाएर निर्देशन दिँदै स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले नर्सिङ जनशक्ति लाई भविष्यमा उपयुक्त अवसर दिने काममा स्वास्थ्य मन्त्रालय पछि नपर्ने बताए । उक्त कार्यक्रममा स्वास्थ्य सचिव डा. रोशन पोखरेल, देव कुमारी गुरागाईं लगायत अतिरिक्त सचिवहरू एवं मन्त्रालयका पदाधिकारीहरूको उपस्थिति थियो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!