सावधानः विश्व भर मा ८४ करोड व्यक्ति लाई ढाड दुखाइको समस्या हुन सक्छ


सन् २०५० सम्म मा विश्व भर ८४ करोड भन्दा बढी मानिस ले ढाड दुख्ने गुनासो गर्नेछन् । ‘ल्यान्सेट रुमाटोलजी  जर्नल’ मा प्रकाशित नयाँ अध्ययनमा यस्तो आशंका व्यक्त गरिएको हो ।

अस्ट्रेलियाको सिड्नी विश्वविद्यालय का अनुसन्धान कर्ताहरूले विगत ३० वर्षको तथ्याङ्कको विश्लेषण गरेका छन् । यो विश्लेषण मा के पाइएको छ भने एसिया र अफ्रिकामा बढ्दो जनसंख्या र वृद्ध जनसङ्ख्याको वृद्धिका कारण ढाड दुखाइबाट पीडित व्यक्तिको सङ्ख्यामा सबैभन्दा बढी वृद्धि हुने देखाएको छ ढाड दुख्ने समस्या को उपचार पद्धति विकास गर्ने दिशामा सुसंगत दृष्टिकोणको अभाव र ढाड दुखाइको लागि सीमित उपचार विकल्पहरूले ठूलो स्वास्थ्य संकट निम्त्याउने आशंका गरिएको छ । किनकी कमर दुखाइ विश्वव्यापी रूपमा अक्षमताको प्रमुख कारण हो ।

प्रमुख अनुसन्धान कर्ता प्रा.मैनुएला फरेरा भन्छन–‘हाम्रो विश्लेषणले विश्वव्यापी रूपमा कमर, ढाड दुख्ने मानिसहरूको संख्या मा वृद्धि भएको देखाउँछ, जसले हाम्रो स्वास्थ्य प्रणालीमा ठूलो दबाब दिइरहेको छ । हामीले कमर दुखाइको व्यवस्थापनको लागि एउटा राष्ट्रिय अनुकूल दृष्टिकोण स्थापित गर्न आवश्यक छ, जुन अनुसन्धान मा आधारित होस ।’

अध्ययन अनुसार सन २०१७ पछि विश्वव्यापी रुपमा ढाड कमर दुखाइबाट पीडित व्यक्तिहरूको संख्या ५० करोड नाघेको छ । सन् २०२० मा विश्व भर ढाड दुख्ने समस्याबाट पीडित बिरामीको संख्या करिब ६१.९ करोड देखिएको हो ।

अध्ययनले यो पनि देखाएको छ कि काम सँग सम्बन्धित कारकहरू, धूम्रपान र मोटो पना मुख्य रूपमा ढाड दुखाइको कारण अशक्तताको लागि जिम्मेवार छन्।

शोधकर्ताहरूको अनुसार व्यक्तिहरूमा एउटा व्यापक गलत धारणा छ कि कमर ढाड दुखाइ प्रायः काम गर्ने उमेरका वयस्कहरू मा हुन्छ, तर यो अध्ययनले पुष्टि गर्दछ कि तल्लो ढाड दुखाइ वृद्ध मानिसहरूमा बढी देखिन्छ । अध्ययनले यो पनि देखाएको छ कि पुरुषको तुलनामा महिलाहरू लाई कम्मर दुख्ने समस्या बढी देखिएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!