कम निद्रा ले मोटोपना : स्लिप मेडिसिन जर्नल मा प्रकाशित अनुसन्धान


हालै अमेरिकामा गरिएको एउटा अनुसन्धान अनुसार कम निन्द्रा लिना ले शरीरको प्रमुख अंग को नजिक विसरल (आन्द्रा र भुँडी मा हुने) बोसो जम्मा हुन्छ । यसले मोटो पना र अन्य रोग को खतरा बढ्छ ।

स्लिप मेडिसिन जर्नल मा प्रकाशित अनुसन्धान मा भनिएको छ यदि कुनै व्यक्ति एक घण्टा भन्दा कम निन्द्रा लिन्छ भने विसरल बोसो बढ्छ । विसरल बोसो आन्द्रा, भुँडी मा हुन्छ र यो धमनीमा जम्मा हुन सक्छ । यसैले फैटी एसिडको समस्या हुन्छ ।

यो अनुसन्धान अमेरिकाको नेशनल हेल्थ एण्ड न्युट्रिसन एक्जामिनेसन सर्भे मा भाग लिने १८ देखी ५९ वर्ष सम्मका ५ हजार भन्दा बढी वयस्क मा गरिएको हो । यो अनुसन्धान मा ७ –८ घण्टा को पर्याप्त निन्द्रा लिने सल्लाह दिइएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!