राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

राष्ट्रपति मुटु को चाल मा देखिएको अनियमितता को उपचार अन्तर्गत छाती मा दुई कोठे पेसमेकर राखिएर  दुई साता को अस्पताल बसाइ पछि बुधबार निवास फर्किएका हुन ।


काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेल मुटु को चाल मा देखिएको अनियमितता को उपचार अन्तर्गत छाती मा दुई कोठे पेसमेकर राखिएर  दुई साता को अस्पताल बसाइ पछि बुधबार निवास फर्किएका छन् । उनको मुटुको चाल प्रति मिनेट ४० सम्म पुगे पछी राष्ट्रपति लाई पेशमेकर लगाइएको हो ।

मुटुमा समस्या भएपछि राष्ट्रपति पौडेल असार २ गते त्रिवि शिक्षण अस्पताल, स्थित  मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर भर्ना भएका थिए ।

स्वास्थ्यमा सुधार भएपछि बुधबार दिउँसो उनी अस्पताल बाट शीतल निवास फर्किए का हुन ।  अस्पताल को अनुसार उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!