गत वर्षको डेंगु विस्फोट वाट चेत्दै काठमाडौं महा नगरपालिका, रोकथाम अभियान सञ्चालन गर्ने


काठमाडौं– डेंगु ले गत वर्ष काठमाडौं मा व्यापक क्षति पुर्याए पछि यस पटक समय छँदै महा नगरपालिका चेतेको छ । काठमाडौं महा नगरपालिकाले ३२ वटै वडा मा डेंगु रोकथाम अभियान सञ्चालन गर्ने भएको हो ।

शहरमा डेंगु रोग न देखियोस् भन्ने उद्देश्यले महानगरको सबै टोल सबै क्षेत्रमा डेंगु विरुद्ध को अभियान चलाउने कार्य योजना पारित भएको काठमाडौँ महा नगरपालिका, स्वास्थ्य विभाग प्रमुख राम प्रसाद पौडेल ले बताए ।

शहरी क्षेत्रमा सानो गमला देखी लिएर अन्य विभिन्न ठाउँमा पानी जम्ने समस्याले डेंगु को विस्तार व्यापक हुने गरेको छ । यसको लागि घर भित्र र बाहिर पानी जम्न नदीन आम जनता र समुदायलाई संवेदनशील समेत बनाइने छ ।

‘पोहोर डेंगु अलि बढी भयावह भयो’, पौडेलले भने–‘ हामी यस पटक सके सम्म डेंगु न देखियोस् भनेर व्यापक रूपमा लाग्ने छौं ।’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार सन २०२२ को जनवरी १ तारिख देखी ३१ डिसेम्बर सम्ममा देश भरीमा सबै भन्दा बढी काठमाडौं जिल्लामा १४ हजार ३ सय ७६ वटा डेंगु को केस देखिएको थियो । यस पछि ललितपुरमा ९ हजार ६ सय १४ केस र भक्तपुर मा ६ हजार १ सय ४५ केश देखिएको थियो ।

काठमाडौं मा गत वर्ष जुलाई महिना देखी डेँगुको केस देखिन थालेको मा सबै भन्दा बढी ९ हजार ८ सय ९१ वटा सेप्टेम्बर महिनामा देखिएको थियो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!