योगा मा स्नातक को पढाइ सँगै केयुमा योग तथा प्राकृतिक चिकित्सालय शुरु


काभ्रेपलान्चोक – नबौं अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर काठमाडौं विश्वविद्यालय (केयु) ले काभ्रेपलान्चोक को चौकोट, पनौती–५ मा योग तथा प्राकृतिक चिकित्सालयको शुरु गरेको छ । केयूले यसै वर्ष देखि योग विषयमा स्नातक तह ( ब्याचलर अफ यौगिक साइन्स एण्ड बेल विइङ्ग ) को पढाई समेत सुरु गरेको हो ।

प्राकृतिक चिकित्साका क्षेत्रका लागि नमुना
स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले उक्त योग तथा प्राकृतिक चिकित्सालय को बुधवार एक समारोह बीच उद्घाटन गरेका हुन । स्वास्थ्य मन्त्री बस्नेतले केयु ले शुरु गरेको योग तथा प्राकृतिक चिकित्सालय र स्नातक तहमा योगाको औपचारिक पढाई प्राकृतिक चिकित्साका क्षेत्रका लागि नमुना भएको बताए ।

उनले वर्षेनी आधुनिक उपचार सेवा महँगो हुँदै गइरहेको अवस्थामा योग तथा प्राकृतिक चिकित्साको विकास ले रोग लाग्नै नदिई निरोगी बनाउने अभियानमा केयुले गरिरहेको प्रयास प्रशंसनीय रहेको बताए ।

‘योगाको विकास गर्न सक्यौ भने उपचार गर्नै नपर्ने अवस्था सिर्जना हुन सक्छ’, स्वास्थ्य मन्त्री बस्नेतले भने–‘नेपाल योग विज्ञानका लागि उर्वर भूमि भए पनि त्यसको महत्व नबुझ्दा कस्तूरीले विना छामे जस्तो अवस्था छ ।’

केयुले पहिलो पटक योग र प्राकृतिक चिकित्साको स्नातक तहको औपचारिक पढाई सुरु गरेकोमा खुशी व्यक्त गर्दै उपकुलपति प्रा.डा.भोला थापाले सरकारले समेत यो विधाको विकासका लागि सहयोग गर्नु पर्ने बताए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!