भारतमा मधुमेही को संख्या १० करोड नाध्यो, १५.३ प्रतिशत व्यक्ति प्री डाइविटिक, ३५.५ प्रतिशत जनसंख्या उच्च रक्तचाप ग्रस्त, २८.६ प्रतिशतमा मोटापना


नयाँ दिल्ली – भारतमा मधुमेहका बिरामीको संख्या फेरि विश्वमै सबैभन्दा बढी भएको छ । छिमेकी मुलुकमा मधुमेहका बिरामीको संख्या १० करोड नाघेको छ । यो निकै गम्भीर अवस्था हो ।

बिरामीको बढ्दो संख्याको अध्ययन प्रतिवेदन बेलायतको मेडिकल जर्नल, लांसेट डाएविटिज एण्ड एन्डोक्राइनोलोजी मा प्रकासित भएको छ । यो प्रतिवेदन इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसिएमआर) ले तयार पारेको हो । आईसीएमआरको अध्ययन प्रतिवेदन अनुसार भारतमा मधुमेहका बिरामीको संख्या १० करोड १० लाख भन्दा बढी पुगेको छ ।

सन २०१९ मा, बिरामीहरूको संख्या ७ करोड थियो । पछिल्लो ४ वर्षमा बिरामीको संख्या ४४ प्रतिशतले बढेको छ । केही विकसित राज्यमा मधुमेहका बिरामीको यो संख्या स्थिर हुँदै गइरहेको छ भने केही राज्यमा मधुमेहका बिरामीको सख्या धेरै गुना बढेको छ । अर्को तर्फ भारतका ३५.५ प्रतिशत जनसंख्या उच्च रक्तचाप ले ग्रसित भइ सकेको छ ।

उक्त अध्ययन अनुसार भारतमा मोटो पना ले ग्रस्त व्यक्ति हरुको संख्या तिव्र गतिले बढेको छ । यो संख्या मुलुक भरी मा जम्मा २८.६ प्रतिशत भएको छ । स्मरण रहोस् मोटो पना मधुमेह र उच्च रक्तचाप दुवै को मुख्य कारण मानिन्छ ।

यति मात्र नभइ लांसेट सर्वेक्षण को अनुसार भारतमा १५.३ प्रतिशत व्यक्ति प्री डाइविटिक छन् । सामान्य भाषामा भन्ने हो भने यी १५ .३ प्रतिशत जनसंख्या लाइ भविष्य मा छिट्टै मधुमेह हुन सक्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!